चुनावी तालमेल, काठमाडौं वा पोखरा कांग्रेशलाई भरतपुर माओवादी केन्द्रलाई
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति भएको छ । चितवनको भरतपुर र कास्कीको पोखरामा चुनावी तालमेल गर्ने सहमति भएको छ ।
बिहीबार भएको सहमतिअनुसार कांग्रेसले भरतपुरमा माओवादी मेयरका उम्मेदवार रेणु दाहाललाई सघाउने छ । यसवाफत कांग्रेसले भरतपुरमा उपमेयर पाउनेछ ।
रेणु प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डकी छोरी हुन् । भरतपुरमा कांग्रेसको तर्फबाट दिनेश कोइरालाले मेयर पदमा उम्मेदवारी दिएका छन् ।