प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

223 Hits

downloadकाठमाडौ, २१ बैशाख ।

प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच विहीबार बिहान सिंहदरबारमा भेटवार्ता भएको छ । भेटमा संविधान संशोधन र बजेट लगायतका विषयमा छलफल हुँदैछ ।

सभामुख ओनसरी घर्तीको कार्यकक्षमा ११ बजेपछि सुरु भएको दुई पक्षीय वार्तामा संविधान संशोधन, आगामी आर्थिक वर्षको बजेट र प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग लगायतका विषयमा छलफल हुने
सरकारले संसदमा टेबल गरेको संविधान संशोधन प्रस्तावमाथि छलफल हुन बाँकी छ । संसद बैठक आज दिउँसो ३ बजे बस्दैछ । संविधान संशोधनमा एमाले लगायत प्रतिपक्षीले दलले पनि समर्थन जनाउनुपर्ने र दोस्रो चरणको चुनावको वातावरण बनाउनुपर्ने सत्तापक्षको आग्रह छ । तर, एमालेले यसलाई अस्वीकार गर्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्डले ओलीलाई संविधान संशोधन प्रस्तावमा समर्थन गर्न र दोस्रो चरणको चुनावका लागि सहज वातावरण बनाउन आग्रह गर्दै आएका छन् ।
यसका साथै आगामी आर्थिक वर्षका लागि जेठ १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । तर, दोस्रो चरणको चुनावको मिति जेठ ३१ का लागि तय गरिएकोमा एमालेले चुनावअघि बजेट ल्याउन नपाइने अडान राख्दै आएको छ ।
यस्तो अवस्थामा दोस्रो चरणको चुनाव अघि नै बजेट ल्याउने कि चुनाव सकिएपछि ल्याउने रु वा दोस्रो चरणको चुनाव नै जेठ १५ अघि सार्ने रु यी तीनवटा विकल्पमा प्रधानमन्त्री र एमाले अध्यक्षवीच छलफल हुने स्रोतले अनलाइनखबरलाई बतायो ।
पछिल्लो समयमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावका सम्बन्धमा पनि ओली र प्रचण्डवीच कुराकानी हुने स्रोतको भनाइ छ । निर्वाचनमा एमाले र माओवादीवीच चुनावी तालमेलका विषयमा भने प्रचण्ड र ओलीवीच खासै छलफल नहुने बताइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी