बिद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सुरु भएपछि अभिभावक हर्सीत

215 Hits

student

ओखलढुंगा समाचारदाता ओखलढुंगा २१ बैशाख ।

ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकाको वडा नं ९ साबिकको पात्ले गाबिसको दुईवटा बिद्यालयमा यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ । बढ्दो रुपमा गाउँबाट युवाहरुको शहर मोहकोे समस्यालाई मध्यनजर गर्दै स्थानिय ट्रेकीङ ब्यवसायीको पहलमा बिद्यालयमा अग्रेजी माध्ययम बाट पढाई सुरु गर्न लागीएको हो । साबिक पात्ले गाबिसको वडा नं ४ दोराखर्कमा रहेको जनता आधारभुत बिद्यालय र ५ नं वडाको तावरमा रहेको महादेब आधारभुत बिद्यालयमा शैक्षिक सत्रको सुरुदेखि अग्रेजी माध्यममा पठनपाठन सुरु हुने भएको हो । अब केही दिनदेखि नै अंग्रजी माध्यमबाट पठनपाठन सुरु गर्ने तयारी भैरहेको महादेब प्राबिका निमित्त प्रधानाध्यापक ग्याल्जे शेर्पाले बताएका छन् । पात्लेका दुई बिद्यालयमा स्थानीय ट्रेकिङ ब्यवसायीको पहलमा बिदेशी दाताबाट शिक्षक ब्यबस्था गरी अंग्रेजी माध्यमबाट पठन पाठन गर्ने सहमति भइ अहिले त्यसअनुरुप तयारी भइरहेको निमित्त प्रअ शेर्पाको भनाइ छ ।

महादेब आधारभुत बिद्यालयमा स्थानीय समाजसेवी एबं ट्रेकिङ ब्यबसायी लाक्पा गेल्जे शर्पाले बिदेशी दाताबाट सहयोग गर्ने प्रस्ताब आएकोले अब ३ जना अंगे्रजीमा दखल शिक्षकहरुको ब्यबस्था गरी यसै साताबाट पठनपाठन सुरु गर्ने तयारी बिद्यालयले गरीरहेको बताए । तिन जना शिक्षकहरु बिदेशी दाताले ब्यबस्था गर्ने भएपछि महादेब प्राविमा शिक्षकको संख्या सात जना पुग्ने भएको छ । अहिले महादेब आधारभुत बिद्यालयमा बालकक्षा देखि १ सम्म पठनपाठन भैरहेको छ जहाँ ६९ जना बिद्यार्थीहरु रहेका छन् । त्यस्तै जनता आधारभ’त बिद्यालयमा भने कक्षा १ देखि ३ सम्म गरी ८९ जना भन्दा बढी बिद्यार्थी रहेको बिद्यालयले जनाएको छ । यस बर्षबाट अंग्रेजी माध्यमबाट पढाइ हुने भएपछि बिद्यालयमा अहिले बिद्यार्थी भर्ना गर्ने अभिभाबकहरु दिनहुँ भिड लाग्ने गरेको छ । पहिला गाँउका सामुदायिक बिद्यालयमा नपढाउने भन्ने अभिभाबकहरु अहिले सबै गाँउमै अंग्रजी माध्यममा पठापाठन हुने भएपछि बोर्डिङमा भर्ना गर्न छाडेर गाँउकै बिद्यालयमा भर्ना गर्न आउने गरेको एक शिक्षकले बताए । यी दुई बिद्यालय अहिले अंग्रेजी माध्यममा पठनपाठन गर्न पाठ्यपुस्तक खरिददेखि अन्य कार्यहरु द्रुत गतिमा संचालन गरिहेको स्थानीय अभिभाबक पसी शेर्पाले बताए । गाँउमै अंग्रेजी माध्यममा पठनपाठन हुने भएपछि स्थानीय पात्लेका अभिभाबकलाई महँगो र टाढा रहेका बोर्डिङ स्कुलमा बालबच्चालाई कोठा भाडामा लिई राखेर पढाउनुपर्ने बाध्यता हटेको छ ।

ओखलढुंगाका अधिकांश बिद्याललयमा बिगत केही वर्ष अघिदेखी अंग्रेजी माध्ययम बाट पठन पाटन सुरु गरीय पनि प्रभावकारी भने नभएको अभिभावकहरुले वताउने गरेका छन् । बिद्यालयहरुले अग्रेजी माध्ययमबाट पठनपाठन सुरु गरेपनि बिभीन्न समस्याका कारण प्रभाव कारी वनाउन नसकेको शिक्षकहरुले स्वीकार गर्दछन । भने जस्तो शिक्षक ल्याउन नसक्नु , शिक्षकको माग अनुसारको तलव भत्ता उपलव्ध गराउन नसक्नु र निजी श्रोत बाट शिक्षकलाई तलव भत्ता दिन नसक्नु नै मुख्य समस्यारहेको श्री ग्रामोदय युगकवि सिद्धीचरण उच्च मावि गाम्नाङ्गटारका शिक्षक पुष्पराज भट्टराई बताउछन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी