गृहमन्त्रीमा कसलाई पठाउने भन्नेबारे कांग्रेशमा बहस जारी

166 Hits

काठमाडौ, २० बैशाख ।

नेपाली काँग्रेसले गृहमन्त्री छिट्टै टुंगो लगाउने जनाएको छ ।

काँग्रेस नेता रमेश लेखकले केही दिन भित्रै पार्टीले गृहमन्त्रीमा कसलाई पठाउने भन्ने बारेमा निर्णय लिने जानकारी दिएका हुन् । बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गृहमन्त्री कसलाई बनाउने भन्ने बारेमा पार्टीका शिर्ष नेतृत्वबीच छलफल भइरहेको पनि स्पष्ट पारे । उनले चुनावको मुखमा गृह मन्त्रालयलाई नेतृत्वविहिन बनाउन नहुनेमा आफ्नो पार्टी सचेत रहेको पनि उल्लेख गरे । प्रधानन्यायाधिश सुशीला कार्कीलाई महाअभियोग लगाएकोमा असन्तुष्टि जनाउँदै गृहमन्त्री विमलेन्द्र निधिले आईतबार साँझ पदबाट राजीनामा दिएका थिए ।

नेता लेखकले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा समानुपातिक÷समावेशी सिद्धान्तको आधारमा उम्मेदवारी दिइएको पनि स्पष्ट पारे । नेपाली काँग्रेसले पहिलो चरणको निर्वाचनमा २ सय ८३ वटै तहमा उम्मेदवारी दिएको पनि स्पष्ट पारेको छ । निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक समेत रहनु भएका लेखकले महिलाहरुको उम्मेदवारीलाई पार्टीले उच्च प्राथमिकता दिएको पनि बताए ।

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरुलाई सहभागी गराउन अधिकतम पहल गरिरहेको दावी समेत गर्दै आएको छ । नेता लेखकले संविधानको सर्वस्विकार्यतालाई बढाई संविधानको कार्यान्वयन गर्न आफ्नो पार्टी लागि परेको दावी पनि गरे ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी