सवै दललाई निर्वाचनमा सहभागी गराउन आफू सफल भएको प्रचण्डको दावी
काठमाडौ, २० बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दललाई निर्वाचनमा सहभागी गराउन आफू सफल भएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, भयरहित र सुरक्षित रुपमा सम्पन्न गर्न सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरेको पनि स्पष्ट पारे । बुधबार आयोजित राष्ट्रिय योजना आयोगको ३९ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय एकताका साथ सबै दलहरुको संकल्पसहित निर्वाचनमा जाने वातावरण बनाउन पाएकोमा आफूलाई खुसी र गौरवको अनुभूति भएको पनि उल्लेख गर्नु भयो । स्थानीय तहको पहिलो निर्वाचनको उम्मेदवारी मनोनयनमा सबै राजनीतिक दलहरु सहभागी हुनु अत्यन्तै राम्रो राजनीतिक प्रगति भएको पनि बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले सुरु देखिनै तराई, मधेश, पहाड, हिमाल सबैलाई समेटेर राष्ट्रिय एकताका साथ निर्वाचन सम्पन्न गराउने पहलकदमी लिँदै आएको पनि स्मरण गराए । राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहनु भएका उहाँले राजनीतिक क्षेत्रमा सरकारले उल्लेख्य प्रगति गरेको दावी पनि गरे ।
प्रधानमन्त्री प्रचण्डले आर्थिक क्षेत्रमा पनि सकारात्मक संकेत देखिएको बताए । उनले मन्त्रालय, योजना आयोगलगायतका निकायहरुको सामूहिक प्रयासबाट आर्थिक क्षेत्रमा पनि सकारात्मक संकेत देखिएको स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले सरकार सबैलाई साथमा लिएर मुलुकलाई अघि बढाउन प्रतिवद्ध रहेको पनि दोहो¥याए ।