मोरङ व्यापार संघमा चुनावी चहलपहल

167 Hits

काठमाडौ, २० बैशाख ।

नेपालको पुरानो व्यापारिक संस्था मोरङ व्यापार संघमा चुनावी चहलपहल बढेको छ । उद्योग वाणिज्य संघ मोरङको नेतृत्व गर्दै आएको मोरङ व्यापार संघमा ३१औँ नयाँ कार्यसमिति चयनका लागि उम्मेदवार आ–आफ्नो योजनासहित मैदानमा उत्रिएका हुन् ।
उद्योगी र व्यापारी गरी साढे १७ सय ५१ जना सदस्य संख्या रहेको मोरङ व्यापार संघले हरेक वर्ष सर्वसम्मत नेतृत्व चयन गर्दै आएको छ । तर, यसपटक वर्तमान अध्यक्ष पवन सारडाले नै अध्यक्षमा उठ्ने निर्णय गरेपछि संघमा अघिल्ला वर्षभन्दा यो वर्ष चुनावी सरगर्मी बढेको हो।
संघमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले अध्यक्षमा दाबी गरिरहेका छन् । तर, अर्को पक्षले अध्यक्षमा राउतलाई सर्वसम्मत बनाउनुभन्दा निर्वाचन गराएर भए पनि वर्तमान अध्यक्ष सारडालाई नै नेतृत्वमा ल्याउन चाहिरहेको छ ।
व्यापार संघमा उद्योगतर्फ ६ सय ४४, व्यापारतर्फ १ हजार ८९, कमोडिटीतर्फ १० र शाखातर्फ ८ सदस्य छन् । संघ विसं २००८ मा विराटनगरमा स्थापना भएको नेपालकै जेठो व्यापारिक संगठन हो । संस्थाले उद्योग व्यापारका क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि सरकार र उद्योग वाणिज्य महासंघमा आवाज उठाउँदै आएको छ ।
निर्वाचन समितिले २४ वैशाखमा मतदान मिति तय गरेको छ । १७ वैशाखदेखि निर्वाचन समितिले चुनावी कार्यक्रम सुरु गरेपछि आगामी नेतृत्वका उम्मेदवारले आ–आफ्नो रणनीति बनाउन छलफल सुरु गरेका छन् ।
सर्वसम्मत हुन नसके हाल उपाध्यक्ष रहेका देवकीनन्दन अग्रवाल, रमेशकुमार राठी र संघ महासचिव प्रकाश मुन्दडामध्ये एकजना अध्यक्षको उम्मेदवार बनी राउतको प्रतिस्पर्धी हुने सम्भावना बढेको छ । संघमा वरिष्ठ उपाध्यक्ष राउत र महासचिव प्रकाश मुन्दडाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
महासचिव मुन्दडाले संघमा सर्वसम्मत नेतृत्व चयन हुनुपर्नेमा सहमत भए पनि त्यो वरिष्ठ उपाध्यक्षमा भर पर्ने बताए । अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष राउतले संघको नेतृत्व सर्वसम्मत रूपमै चयन हुने र त्यसका लागि छलफल जारी रहेको जानकारी दिए ।
प्रशासनिक पहुँचमा दख्खल राख्न, निर्णय कार्यान्वयन गराउन सक्ने र समाजसेवा र संस्थागत हितमा पनि सक्रिय भएकाले वरिष्ठ उपाध्यक्ष राउत नै सर्वसम्मत अध्यक्ष हुने बहुमत सदस्यको दाबी छ ।
सांसदसमेत रहेका पवन सारडाले अध्यक्ष पद दोहोर्याएमा पद लोलुपताको आरोप लाग्ने र लोकप्रियतामै आँच आउने एकथरीले सुझाब दिएको स्रोतको भनाइ छ । वरिष्ठता विवाद मिले संघमा सर्वसम्मत राउत नै अध्यक्ष बन्ने धेरैको दाबी छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी