यस्ता छन् काठमाडौका मेयरका प्रतिबद्धता

224 Hits

download
काठमाडौ, २० बैशाख ।
काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरुले स्वच्छ, सुन्दर, जिवन्त र समृद्ध सहर बनाउने प्रतिवद्धता जनाएका छन ।
प्रमुख तीन दलका उम्मेदवारहरुले आफूले चुनाव जिते महानगरपालिका भित्र सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्ने आश्वासन पनि दिएका छन । मेयरमा उम्मेदवारी दिएपछि मतदान केन्द्र राष्ट्रिय सभागृह परिसरमा संचारकर्मीमाझ कुरा गर्दै काँग्रेसबाट मेयरका उम्मेदवार दिएका राजुराज जोशीले महानगरपालिकालाई व्यवस्थित सहर बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले शिक्षा र स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने पनि बताए । जोशीले धराहरासहितका सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने आश्वासन पनि दिए ।

एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले स्वच्छ, सुन्दर, जिबन्त र समृद्ध सहर निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले काठमाडौं महानगरपालिकालाई फोहोरमुक्त सहर बनाउने परिकल्पना साकार पार्न कठिनाई नभएको पनि दावी गरे । एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरी शाक्यलाई मेयरको उम्मेदवार बनाएको हो ।

नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वोत्तम डंगोलले आफू विजयी भए सहरलाई व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले स्थानीय तहलाई अधिकार सम्पन्न गराउने पार्टीको प्रतिवद्धता पुरा गर्न आफू लागि पर्ने पनि उल्लेख गरे ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी