अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्तमा दीव बस्नेतको नाम सिफारीस

119 Hits

काठमाडौ, २० बैशाख ।

संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्नेतलाई सिफारिस गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मंगलबार अपरान्ह बसेको परिषदको बैठकले बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो । आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पदबाट हटाउने सर्वोच्च आदेश आएपछि रिक्त रहेको प्रमुख आयुक्तमा बस्नेतलाई सिफारिस गरिएको हो । यसअघि सरकारले बस्नेतलाई कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी दिएको थियो । दिप बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने निर्णय लिइएको परिषदकी सदस्य सभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।

अख्तियारको प्रमुख आयुक्तमा सिफारिस हुनु भएका बस्नेतलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । दलहरुबीच सहमति बन्न नसक्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोग लामो समयसम्म प्रमुखविहिन बन्दै आएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी