राजपाले निर्वाचनको तयारीको कामलाई अघि बढाउँदै

186 Hits

काठमाडौ, १९ बैशाख ।

राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तह निर्वाचनको तयारीको कामलाई अघि बढाएको छ ।

काठमाडौंमा जारी पार्टीको विस्तारित बैठकले पार्टीको विधान, चुनाव चिन्ह, घोषणा पत्र लगायतको तयारीको विषयमा छलफल भईरहेको हो । बैठकमा सरकारमा सहभागी हुने÷नहुने विषयले प्रवेश पाएको बताइएको छ । संविधान संशोधनको लागि सरकारलाई समर्थन गर्ने निर्णय लिएको पार्टी भित्र सरकारमै सहमति हुने विषयले पनि प्रवेश पाएको हो । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन प्रस्ताव पारित गर्न पनि सरकारलाई साथ दिनुपर्ने धारणा अघि सारेको छ । सरकार तथा सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएपछि राष्ट्रिय जनता पार्टी निर्वाचनमा जान तयार भएको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी