एमाले र राप्रपाबीच काठमाडौ र ललितपुरमा तालमेल

192 Hits

Untitled-1 copyकाठमाडौ, १९ बैशाख ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं र ललितपुर महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति गरेका छन ।
एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच केहीबेर अघि काठमाडोैं र ललितपुर महानगरपालिकामा चुनावी तालमेल गर्ने विषयमा सहमति भएको हो । दुवै महानगरपालिकाको मेयरमा एमाले र उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दिने सहमति गरिएको छ । एमालेसँग तालमेल गरेर उम्मेदवारी दिने विषयमा छलफल भएको भेटमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बोहोराले जानकारी दिए ।

एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी दुवै दलले उम्मेदवारीको अन्तिम टुंगो लगाउन भने आन्तरिक छलफल गरिरहेका छन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी