प्रदेश नं. ३ मा चुनाव लड्न १ सय ५७ शिक्षकले दिए राजीनामा

399 Hits

काठमाडौ, १९ बैशाख ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन प्रदेश नम्बर ३ बाट एक सय ५७ शिक्षकले राजीनामा दिएका छन्। राजीनामा पत्रमा अधिकांशले घरायसी कारण देखाए पनि निर्वाचनमा उठ्नकै लागि राजीनामा दिएको बताइएको छ। ‘अधिकांश शिक्षकले स्थानीय तहमा टिकट पाउने निश्चित भएपछि राजीनामा दिएका हुन्’, सिन्धुपाल्चोकका जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरेले भने, ‘यद्यपि उनीहरूले राजीनामा पत्रमा भने घरायसी हारण भनेर लेखेका छन्।’ राजीनामा दिने शिक्षकमा प्रदेश नम्बर ३ अन्तर्गतको १३ जिल्लामा सबैभन्दा धेरै सिन्धुपाल्चोककै छन्। जिल्लाबाट २७ शिक्षकले राजीनामा दिएका छन्। राजीनामा दिएका शिक्षकमध्ये कतिपयले उम्मेदवारको टिकट पाइसकेका छन्। सिन्धुपाल्चोकपछि धेरै राजीनामा दिने शिक्षकमा दोलखाका रहेका छन्। दोलखाबाट २३ जनाले राजीनामा दिएका छन्। त्यस्तै सिन्धुलीका २२, रामेछापका १५, र नुवाकोटका १२ शिक्षकले राजीनामा दिएका छन्। काठमाडौं र धादिङका समान ११्११, ललितपुरका नौ, मकवानपुर, मकवानपुरका आठ, काभ्रेपलाञ्चोक र भक्तपुरका ६्६ जना शिक्षकबाट राजीनामा दिई उम्मेदवार बनेका छन्। रसुवाबाट पाँच र चितवनबाट दुई जनाले राजीनामा दिएका छन्। राजीनामा दिने केही शिक्षकको अवकाशको अवधि तीन–चार महिना रहेको बताइएको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी