आइजीपी नियुक्ति सम्बन्धि मुद्दाको सुनुवाइ स्थगित

101 Hits

काठमाडौ, १९ बैशाख ।
नेपाल प्रहरीको महानिरीक्षक ‘आईजीपी’ नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । वैशाख उन्नाइसदेखि जारी रहेको दैनिक पेशी सम्बन्धी सूचनामा आईजीपी नियुक्तिको मुद्दाको सुनुवाइ सर्बोच्च अदालतले स्थगितमा राखेको हो ।
यसअघि डीआईजी नवराज सिलवालले दर्ता गरेको मुद्दाको सुनुवाइ आजलाई तोकिएको थियो । डिआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेपछि अर्का डीआईजी सिलवाल गत ३१ चैतमा सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्च अदालतले डीआईजी चन्दलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय खारेज गरेको थियो । त्यसपछि सरकारले अर्का डीआईजी प्रकाश अर्याललाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्यसका विरुद्ध पनि सिलवाल सर्वोच्च पुगेका थिए । सोही मुद्दाको सुनवाइ आजका लागि सर्बोच्च अदालतले स्थगित गरिएको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी