यस्ता छन् प्रमुख शहरमा प्रमुख दलका उमेद्वारहरु

190 Hits

काठमाडौ, १९ बैशाख ।
प्रमुख राजनीतिक दलले पहिलो चरणको निर्वाचन अन्तर्गत महानगर र उपमहानगरपालिकाका अधिकांश स्थानमा उम्मेदवारको नाम तय गरेका छन् ।
काठमाडौं महानगरपालिकामा प्रमुख ठुलो दल कांग्रेसले मेयरमा राजुराज जोशीलाई चयन गरेको छ । उपमेयरको नाम भने अझै टुंगिसेकेको छैन । एमालेको मेयर र उपमेयर चयनका लागि बैठक अझै जारी छ ।
काठमाडौंको मेयरमा अहिलेसम्म राप्रपाबाट राजाराम श्रेष्ठ, साझा पार्टीका किशोर थापा, विवेकशीलकी रञ्जु दर्शना, देशभक्त पर्यावरणीय मोर्चाका सुरेन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै विनोद कुमार क्षेत्री र अलोक महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उपमेयरका लागि जनिशा भट्टराई, निरुपमा यादव र ऋचा भट्टराईको उम्मेदवारी परेको छ । माओवादीले सर्बोत्तममान डंगोल र सुशीला पौडेलको नाम तय गरेको छ ।
ललितपुर महानगरमा कांग्रेसले मेयरमा चिरिवाबु महर्जन र उपमेयरमा गीता सत्याललाई अघि सारेको छ । एमालेले मेयरमा हरिकृष्ण ब्यजनकारको नाम तय गरेपनि उपमेयर टुग्याउन सकेको छैन ।
माओवादी केन्द्रले मेयरमा दिनेश महर्जन र उपमेयरमा मञ्जरी शाक्लाई उम्मेदवार बनाएको छ ।
पोखरा लेखनाथ महानगरपालिकामा माओवादी केन्द्रले विश्वप्रकाश लामिछाने मेयरमा र गोमा ढकाललाई उपमेयरमा उमेदवार बनाएको छ । कांग्रेसले मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई अघि सारेको छ ।
एमालेले भने मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेबार बनाएको छ ।
चितवनको भरतपुर महानगरमा कांग्रेसले दिनेश कोइरालालाई मेयर र पार्वती साहलाई उपमेयरमा चयन गरेको छ । एमालेले मेयरमा देवी ज्ञवाली र उपमेयरमा विद्या बज्राचार्यलाई टिकट दिएको छ ।
माओवादी केन्द्रले भने मेयरमा रेणु दाहाल र उपमेयरमा सुरेन्द्र गुरुङलाई उम्मेदबार बनाएको छ ।
हेटौँडा उपमहानगरमा कांग्रेसले मेयरममा आनन्दराम पराजुली र उपमेयरमा लक्ष्मी श्रेष्ठलाई उम्मेदबार बनाएको छ ।
एमालेले भने मेयरमा हरिबोल महतको नाम चयन गरेको छ । माओवादी केन्द्रले मेयरमा बलराम बल र उपमेयरमा कमला पौडेललाई टिकट दिएको छ ।
उम्मेदबारी टुंगिन बाँकी ठाँउमा आकांक्षी धेरै भएकाले दलहरुलाई समस्या परेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी