तराइका दलहरु कुन निर्वाचनमा कुन निर्वाचन बाहिर ?

229 Hits

election-logo
काठमाडौ, १९ बैशाख ।
संघीय समाजवादी फोरमले नयाँ शक्ति नेपालसँग मिलेर पहिलो चरणको निर्वाचनका सहभागिता जनाउने भएको छ । संविधान संशोधन विधेयक पारित नभएसम्म स्थानीय निर्वाचनमा भाग नलिने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक घट समाजवादी फोरमले निर्वाचनमा सहभागि हुने निर्णय गरेको छ ।
आन्दोलनका माग पुरा गर्न सरकारले संबिधान संसोधनको आश्वासन दिएकाले निर्वाचनमा मनोननयन दर्ता गर्न लागेको समाजवादी फोरमले स्पष्ट पारेको छ ।
संघीय समाजवादी फोरमले यसअघि नै स्थानीय निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउनुका साथै पार्टीले नर्वाचन आयोगमा आधिकारिक नमुना हस्ताक्षर पनि बुझाइसकेको छ ।
विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पनि पहिलो चरणको चुनावमा सहभागी हुने भएको छ । उसले पहिलो चरणको चुनावमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
मोर्चामै रहेका तराई केन्द्रित ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल भने संविधान संशोधन नभएसम्म निर्वाचनका कुनै प्रकृयामा भाग नलिने जनाएको छ ।
संबिधान संसोधन भएपछि मात्रै निर्वाचनमा सहभागि हुने उसको अडान छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी