स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेकाहरुको नामावली आजै प्रकाशन गर्ने

192 Hits

काठमाडौ, १९ बैशाख ।
निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेकाहरुको नामावली आजै प्रकाशन गर्ने भएको छ ।

उम्मेदवारी दर्ताको समय सकिएलगत्तै उम्मेदवारहरुको नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ ।
दर्ता भएका उम्मेदवारकाबारे कुनै गुनासो भए भोलि९बुधबार० बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ ।
भोलि नै निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र जाँच गर्ने कार्य तालिका छ । यस्तै बिहीबार निर्वाचन अधिकृतको कार्यालयले मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।
नाम फिर्ता लिन चाहने उम्मेदवारले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म नाम फिर्ता गर्न सक्नेछन् ।
यही वैशाख ३१ गते हुने चुनावका लागि २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी