सामाजिक सञ्जालमा प्रचण्डको चर्चै चर्चा

27990 Hits

17499533_235732376896028_1235860668484162216_nअधिकांश विकासलाई तिव्रता दिएका प्रचण्ड अहिले फेसबुक ट्वीटर, लगाएतका सामाजिक सञ्जालहरुमा चर्चामा आइरहेका छन् ।

विगतमा गरेका सवै भूललाई सच्याउदैँ उज्यालो नेपालको निर्माण गरेर प्रत्येक व्यक्तिको घरदैलोमा राष्ट्रियता, गणतन्त्र, स्वाधिनता, सिंहदरबारमा रहेको जनताको विकासलाई गाउँ गाउँमा लगरे थोपरिदिएपछि हरेक मिडियाहरु र सामाजिक सञ्जालमा चर्चामा आउन सफल भएका छन् ।

हरेक चोटी माओवादीको नेता मन्त्री हुन्छ एक न एक नयाँ काम गरेरै छाडेको हुन्छ । विगतमा कृष्णबहादुर महरा सञ्चार मन्त्री  भएको बेला प्रत्येक व्यक्तिको हात हातमा मोवाइल फोन घर घरमा इन्टरनेट भन्ने शब्द आएको बेला पनि प्रचण्डको योजना भनेर प्रचण्डको तारिफ गर्नेहरु धेरै थिए प्रचण्डले नेतृत्व गरेका हरेक सरकार सफल भएरै छाडेका छन् ।

अहिले माओवादी केन्द्रले नेतृत्व गरेको सरकारमा कांग्रेश, राप्रपा लगाएतका दलहरु समावेस भएपनि माओवादी केन्द्रको काम गराईले उनीहरु पनि अव प्रचण्डकै नेतृन्वको सरकारलाई निरन्तरता दिने सोचमा छन् । विकासको गतिले छलाङ मारेको यो क्षणलाई सम्झदै प्रत्येक राजनीतिक दलहरु माओवादीलाइ नै नेतृत्व दिने हो भने अवको १० वर्ष भित्रमा नेपाल समृद्ध बन्नेछ भन्नेहरु पनि छन् ।

उता प्रतिपक्षमा रहेको एमाले आफू सरकारबाट बाहिर रहेकोमा असन्तुष्टि जनाइरहको छ । एमालेका केहि व्यक्तिहरु आफूलाई चुनावमा जिताउन भन्दै जनता माझ झुटा नारा र आश्वासन दिएर राष्ट्रवादको खोक्रो पहिरन भिरेर हिडेको छ ।

जनता हिजो जुन अवस्थामा थिए त्यो अवस्था भन्दा धेरै माथि उक्सिसकेका छन् । माओवादको जनयुद्ध र २१ २१ दिने जनआन्दोलनले चेतनामा बृद्धि गराएर सोच्न सक्ने बनाएको छ । अबका जनता ओलीको खोक्रो राष्ट्रवादको पछि लागे भने देश फेरी अन्योलताको भूमरीमा फस्नेछ । देशले कहिल्यै निकास पाउने छैन । भन्दै सामाजिक सञ्जालमा प्रचण्डले गरेका अहिलेका विकासका गतिविधिको चर्चा परिचर्चा गर्दै स्टाटस राखेर पोष्ट गर्नेहरुको संख्या तिव्र वृद्धि हुँदै गइरहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी