यसरी बने प्रचण्ड जनप्रीय

40257 Hits

Pushpa-Kamal-Dahalकाठमाडौ, १४ फागुन ।

इतिहाँस साक्षि छ १२ वर्षे जनयुद्ध अनि २१ दिने जनआन्दोलनको सफलताले निरंकुश राजतन्त्रको अन्त्य भयो । लामो समय सम्म एकतन्त्रिय निरंकुश शाहा शासन नेपाली जनताले सहन बाध्य थिए । नेपाली जनतामाथि थिचो मिचो गर्ने जनताको अधिकारलाई दवाएर एकछत्र राज गरेको राजतन्त्रको अन्त्य गर्नमा प्रचण्ड नेतृत्वमा भएको १२ वर्षे जनयुद्धले नै सफल भएको भन्दा अत्युक्ति नहोला ।

क्रान्तिलाई सफल बनाउन भनेर जनयुद्धमा होमिएका १२ हजारले शाहदत प्राप्त गरेका थिए । जनयुद्ध जनआन्दोलन हुने भनेकै परिवर्तनको लागि हो । परिवर्तनको चाहाना नभएका हरु भागेर राजतन्त्रको संरक्षणमा बस्ने गरेका थिए जुन केपी, गिरीजा शेरबाहादुर जस्ता केन्द्र देखि जिल्ला स्तर सम्मका नेताहरु आरक्षण लिन राजाको सरणमा पुग्ने गर्थे ।

अहिले कतिपय मानिसहरु भनिरहेका छन् कि एमाले नेता के.पी ओली जति राष्ट्रवादी नेता कोहि बन्न सकेन । राष्ट्रवादी बन्नको लागि त असल काम गरेर देखाउन पर्छ भन्ने लाग्छ । के.पी ओलीले कुन चाहि देशको हितमा काम गरेका छन् अनि राष्ट्रवादी बने ? कुनै एक राष्ट्रको हितको लागि के.पी ओलीले गरेको काम देखाउनुस्त । सायद ओलीको पागल पनलाई राष्ट्रवाद भनिएको हो कि ? साँच्चैनै हावा हावा कुरामा उखानहरुले उडाउनेलाई हाम्रो देशमा राष्ट्रवाद भन्ने गरिदो रहेछ भन्ने लाग्छ । सच्चा काम गर्नेको मूल्यांकन भएको छैन । प्रचण्डको नेतृत्वको सरकारले गरेका पछिल्ला समयका कामहरु हेर्नुस् केपिको नेतृत्वको सरकारका पनि काम हेर्नुस कति फरक छन् तपाई छुट्याउन जान्नेले असल को खराव को भनेर छुट्याउन पक्कै सक्नुहुनेछ । किन के.पी को गुणगान गाउनुहुन्छ, लाग्छ तपाई के.पीको अन्धभक्त हो कि ? सायद साँच्चै भन्ने हो भने प्रचण्ड यदि राजनितीमा थिएनन् भने देश कुन हालतमा हुन्थ्यो आज आम नेपाली जनता राजनितिज्ञहरुले सोच्नुपर्ने बेला आएको छ ।

हावाबाट विजुली निकाल्ने, काठमाडौमा पानीजहाज चलाउने भन्ने वितिकै जनता कति फुरुक्क परेका अव सोच्ने वेला हो, कति सम्भव छ यो कुरामा भन्ने, तपाई चेतना भएका मानवले । प्रचण्डको नेतृत्वको सरकारले कुरा गरेन काम गरेर देखायो काठमाडौ, पोखरा, चितवन जस्ता मुख्य शहरहरुमा ६ महिना भित्रमा लोडसेडिङको अन्त्य गर्यो, काठमाडौका सडक, बाहिरी लामो दुरीका सडकहरु विस्तार गर्नेकार्य पनि तिव्र रुपमा संचालन गर्दै आएको प्रचण्डको नेतृत्व सरकारले अहिले कुरामा हैन काम गरेर देखाएको छ , तपाई हामीलाई अवगत पक्कै छ ।

हिजो खोक्रा भाषण दिएर नेपालमा संघियतामा जानु भनेको वयलगाडा चढेर अमेरीका पुग्नु जस्तै हो भन्ने उखानटुक्केको भाषण सुन्दा पनि तपाई हामीले कति मूल्यांकन गरेका छाँै भन्ने प्रष्ट हुन्छ ।

जव प्रचण्डको सरकारले राम्रो कार्यहरु गरेर जनताको मन जित्लान भन्ने डरले के.पी अहिले सरकार परिवर्तनको खेल रचिरहेका छन् । साँच्चे जनताको प्रत्यक्ष निर्वाचनवाट प्रधानमन्त्री छान्ने हो भने अहिले कस्ले लोकप्रीयता जमाएको छ भन्ने प्रष्ट हुनेछ । ओली र प्रचण्ड बीचको असमानतालाई साँच्चै मूल्यांकन गर्ने बेला आएको छ । प्रचण्डको कामलाई नै मूल्यांकन हुन्छ भन्ने लाग्छ । साँच्चै लोकप्रिय बन्न प्रचण्डको जस्तो काम गरेर हुन्छ, केपीको जस्तो उखानले देश बन्दैन धेरै उखानटुक्केहरु फेल भएका छन् नेपालको राजनीतिमा जनतको मन नै जित्नु छ भने प्रचण्डले गरेको जस्तो काम गरेर देखाऊ । नत्र भाषणले जनतालाई भुलाउने काम नगर, कामको पछि लाग अनि बन्नेछौ प्रचण्ड जस्तै लोकप्रिय, प्रचण्ड जस्तै सालीन अनि महान व्यक्ति ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी