२२ बर्षदेखि लगातार बोल्ड डिसिजन गर्दै प्रचण्ड : २०५२ देखी २०७३ सम्म

40098 Hits

PM-prachanda-34297917काठमाडौं ९ फागुन ।
२०५२ फागुन १ गते जनयुद्ध शुरु गर्ने बोल्ड डिसिजन गरेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना जिवनकालमा थुप्रै बोल्ड डिसिजन गरेका छन् । आज २१ वर्षपछि फेरी दोश्रोपटक सरकारको प्रधानमन्त्रीको रपमा उनले स्थानिय तहको निर्वाचन गर्नेदेखि स्थानिय निकायको संख्या बढाउने लगायतका बोल्ड डिसिजन गरेका छन् । मधेशी दलहरु आन्दोलनमा जाने खतरा, प्रमूख प्रतिपक्षी दलहरुको असहयोग, आफ्नो पार्टीको पोजिशन खस्कने वस्तुगत आधारको खतरालाई समेत आँखा चिम्लँदै संविधान कार्यान्वयनको लािग प्रधानमन्त्रीको रुपमा उनले गरेको यो डिसिजन बोल्ड नै मान्नुपर्ने विश्लेषकहरुले बताएका छन् ।
एकै दिन तीन पटक र करिब दिनैभर जसो मन्त्री परिषदको बैठक राखेका प्रचण्डले सोमबार कुनै पनि मन्त्रीले अन्य कार्यक्रम नराख्न पुर्व सुचना दिएका थिए ।
मधेशी समुदायको भावना सम्बोधन गर्न उनले स्थानिय तह निर्धारण र कार्यदलको समयावधि एक हप्ता थप गरेर उनले संविधान संशोधनको प्रतिवद्धतालाई कार्यान्वयन गराएा छन् भने प्रमूख प्रतिपक्षीले लगाउँदै आएको सरकारले निर्वाचनको घोषणा गर्न सक्दैन र निर्वाचन गर्न चाहँदैन भन्ने आरोपलाई पनि एकै साथ खण्डन गर्न सफल भएका छन् । त्यसैगरी उनले आफू दल भन्दा माथि राष्टको लािग सोच्ने प्रधानमन्त्री भएको पनि पुष्टि गरेका छन् ।
संविधानको कार्यन्वयनको लागि अनिवार्य शर्त स्थानिय तहको निर्वाचनको घोषणा गरेर प्रधानमन्त्री प्रचण्डले फेरी एउटा नयाँ रक्त संचार नेपाली जनमानसमा गर्न सफल भएका छन् ।
जनयुद्ध शुरु गर्दा हरेक पटक नयाँ योजना र दस्तावेज सार्वजनीक गर्दा, एकतर्फी युद्धविराम गर्दा, शान्ति वार्तमार्फत शान्ति प्रक्रियामा प्रवेश गर्दा, अघिल्लोपटक प्रधानमन्त्री बन्दा,नेपाली सेनाका तत्कालिन सेनापति रुक्मांगत कटवाललाई कार्वाही गर्दा होस् वा सरकारबाट राजीनामा दिंदा होस त्यसैगरी आफ्नै दलको नेतृत्वको सरकारलाई फालेर कर्मचारी नेतृत्वको सरकार निर्माण गर्दा होस वा नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाई प्रधानमन्त्री बनाउदा होस् वा संविधान निर्माण र जारी गर्दा होस् नेकपा एमालेका अध्यक्ष केपी ओलीलार्इ प्रधानमन्त्री बनाउँदा होस् वा केपी विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी अपदस्त गरी नेपाली कांग्रेससँग गठबन्धन गरी आफ्नै नेतृत्वमा प्रधानमन्त्री बन्न होस प्रचण्डले सधैं बोल्ड डिसिजन गर्दै आएका छन् । आफैंले नेतृत्व गरेको पार्टीका सहयात्री नेताहरु फुटाटार नयाँ पार्टी बनाउँदाको अवस्थामा होस वा तीनै नैताहरुलाई एकतावद्ध गरी आफ्नै नेतृत्वमा पार्टी संचालन गर्दा होस प्रचण्डले हरेपटक केही रिस्क लिएरै अगाडि वढेका छन् । अहिलेको स्थानिय तहको निर्वाचन घोषणा पनि प्रचण्डले लिएको यस्तै अर्को रिक्स हो जसलाई बहन गर्न उनी स्वयं तयार भएर मात्रै पुग्दैन उनले नेतृत्व गरेको सरकार र उनी नेतृत्वको पार्टी माओवादी केन्द्र झन वढि सजग, सचेत र क्रियाशील हुनु अनिवार्य छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी