इन्स्योरेन्सद्वारा १६ लाख ३२ हजार ७८१ कित्ता सेयर एफपिओका लागि बिक्री प्रवन्धक नियुक्त

218 Hits

काठमाण्डौं, २१ माघ ।

शिखर इन्स्योरेन्सले फर्दर पब्लिक अफरिङ ९एफपिओ० जारी गर्न एनआइबिएल क्यापिटललार्इ बिक्री प्रवन्धक नियुक्त गरेको छ। हिजो बुधवार इन्स्योरेन्स र एनआइबिएलबीच एफपिओ निष्काशनका लागि सम्झौता भएको छ । १६ लाख ३२ हजार ७८१ कित्ता सेयर एफपिओ मार्फत बिक्री गरि सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुर्याउने कम्पनीको भनाइ छ । कम्पनीले एफपिओका लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। कम्पनीले दोस्रो पटक एफपिओका लागि आवेदन दिएको हो। यस विषयमा बोर्डले निर्णय गर्न बाँकी नै छ । कम्पनीको १२औँ साधारणसभाले निर्णय गरे बमोजिम गत माघ १३ गते बसेको सञ्चालक समिति बैठकले दोस्रो पटक एफपिओ निष्कासन गर्ने निर्णय गरेको हो। त्यस अनुरुप १०० रुपैयाँ अंकित मूल्यको सेयरमा १५ सय २० रुपैयाँ प्रिमियम थप गरि १६ सय २० रुपैयाँका दरले बिक्री गर्न कम्पनीले अनुमति माग गरेको छ। कम्पनीले गत बर्ष मंसिरमा पाँच लाख १० हजार ९८८ कित्ता सेयर एफपिओ मार्फत बिक्री गरेको थियो । अंकित मूल्य १०० रुपैयाँमा ५५० रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता ६५० रुपैयाँको दरले बिक्री गरिएको थियो। गत बर्षको तुलनामा कम्पनीले अहिले दोब्बर बढी मूल्य कायम गरेको हो।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का