एक महिना भित्र पुँजीगत खर्च ५० प्रतिशत पुर्याउने लक्ष

191 Hits

downloadकाठमाडौ, १९ माघ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक महिना भित्र पूँजीगत खर्च ५० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पूँजीगत खर्चको दायरा बढाउँदै लगिएको र एक महिना भित्र ४० देखि ५० प्रतिशतसम्म पुर्याउने लक्ष्य लिइएको बताएका हुन् । व्यवस्थापिका संसद विकास समितिको बुधबारको बैठकमा बोल्दै मन्त्री लेखकले हाल मन्त्रालयको पूँजीगत खर्च २५ प्रतिशत पुगेको पनि जानकारी दिए । उनले पूँजीगत खर्च बढाउने गरी मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिने कार्ययोजना तय गरिसकेको पनि उल्लेख गरे ।

मन्त्री लेखकले राजनीतिक सहमति जुटाउन हुने समस्याका कारण पनि कतिपय पूर्वाधार निर्माणको काममा कठिनाई हुने गरेको पनि स्मरण गराए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हुलाकी राजमार्ग निर्माणको कामलाई तीव्र गतिले अघि बढाउने तयारी भइरहेको जानकारी गराउँदै आएको छ । मन्त्रालयले पूर्व पश्चिम रेलमार्गलाई अघि बढाउने योजना पनि अघि सारेको छ । सरकारले आगामी आर्थिक वर्ष भित्र पूँजीगत खर्च ८० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का