मुलुकको आर्थिक विकासलाई द्रुत रुपमा अघि बढाउनु पर्छ : राष्ट्रपति भण्डारी

177 Hits

President-Bidhya-Devi-Bhandariकाठमाडौ, १८ माघ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासलाई द्रुत रुपमा अघि बढाउनुपर्नेमा जोड दिएकि छिन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दिक्षान्त समारोहरलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संविधान जारी भएसँगै संक्रमणकाल अन्त्य भएकाले प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्न पनि आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताइन् । उनले संविधानले अंगिकार गरेको नीति अनुसार नै आर्थिक पारदर्शीता र कर प्रशासनलाई चुस्त बनाउन चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले मुलुकको लेखा प्रणालीमा आर्थिक पारदर्शीता कायम गर्न चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराइन्। उनले चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले तयार पारेको आर्थिक प्रतिवेदनले बजेटका सामाग्री तर्जुमा गर्न सरकारलाई सहयोग पुग्ने बिश्वास व्यक्त गरिन् । सरकारी, सार्वजनिक, गैरसरकारी तथा निजी क्षेत्रको आर्थिक अनुशासन र पारदर्शीता कायम गर्न चार्टर्ड एकाउन्टेन्ट्हरुले आचारसंहितामा रहेर काम गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाई थियो । उहाँले पेशागत जीवनमा पाएको शिक्षालाई इमान्दार र जिम्मेवारीबोधका साथ कायम राखेर अघि बढ्दा मात्रै समुन्नत नेपालको परिकल्पना साकार पार्न सकिने पनि स्पष्ट पारिन् ।

शिक्षामन्त्री धनीराम पौडेलले दक्ष जनशक्ति उत्पादन भएसँगै मुलुकको आर्थिक प्रशासन चुस्त हुने बताउनुभयो । उहाँले आफूले सिकेको सिपलाई व्यवहारमा उतारेर राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न चार्टर्ड एकाउन्टेन्टहरुलाई आग्रह समेत गर्नु भयो । मन्त्री पौडेलले चार्टर्ड एकाउन्टेन्टहरुबाट मुलुकले धेरै अपेक्षा गरेकाले समय अनुसार कोर्षमा पनि सुधार गर्दै लैजाने प्रतिवद्धतासमेत जनाएकि छिन् ।

कार्यक्रममा मुलुकमै पहिलो पटक चार्टर्ड एकाउन्टेन्स कोर्ष पूरा गरेका ३ सय २९ जनालाई राष्ट्रपति भण्डारीले दिक्षित गरेकि थिइन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का