शेयर बजारमा उच्च गिरावट

नेप्से एकै दिन पैसठ्ठी अंकले घट्दा लगानीकर्ताले ७४ अर्ब गुमाए
219 Hits

download (2)काठमाडौ, १८ माघ ।

तीन महिनाको अवधिमा शेयर बजार आज सबैभन्दा फराकिलो अन्तरले झरेको छ ।

कारोवार सुरु भएदेखि नै ओरालो लागेको शेयर बजार एकै पटक पैसठ्ठी दशमलव चार–चार अंकले घटेर परिसूचक एक हजार तीन सय नौ दशमलव सात शून्य अंकमा पुगेको हो । नेप्से ६५ अंकले बजार घट्दा एकदिनमै लगानीकर्ताले ७४ अर्ब रुपैयाँ गुमाएका छन । विहीबार १५ खर्ब ४७ अर्बमा रहेको बजार पूँजीकरण सोमबार १४ खर्ब ७३ अर्बमा झरेको छ । उच्च अंकले तल झर्दा समग्र बजार चार दशमलव सात–छ प्रतिशतले घटेको छ । आज १ सय २३ कम्पनीको ११ लाख २६ हजार कित्ता सेयर ५३ करोड ६६ लाख २८ हजार रुपैयाँमा कारोबार भयो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ पनि चौध दशमलव चार–एक अंकले झरेको छ ।

आज सबैभन्दा बढी बीमा समूहको परिसूचक पाँच सय छयालिस दशमलव पाँच–पाँच, होटल समूहको एक सय अठ्ठाइस दशमलव चार–आठ, जलविद्युत समूहको त्रिहत्तर दशमलव शुन्य नौ, बैकिङ समूहको साठी दशमलव पाँच–पाँच अंकले ओरालो लागेको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का