हुलाकी सडक निर्माणको लागि भारतको २५ करोड हस्तान्तरण

101 Hits

Hulaki-Sadakकाठमाडौ, १८ माघ ।

भारत सरकारले हुलाकी सडक निर्माणको पहिलो किस्ताको रकम करिब २५ करोड नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत रंजित रेल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई चेक हस्तान्तरण गरे। हस्तान्तरण गरिएको रकम रु चौबिस करोड सन्तानब्बे लाख दश हजार छ सय अन्ठ्ठानब्बे रहेको छ । पूर्व पश्चिम हुलाकी राजमार्गको १७ वटा सडक खण्ड मध्य १० वटा भारत सरकारको आर्थिक सहयोगमा र सात वटामा नेपाल सरकारको लगानी रहने छ । पूर्व पश्चिम राजमार्गको समानान्तर हुने गरि तराई मधेशको बीचबाट बन्ने यो सडक तराई मधेशको विकाशको लागि महत्वपूर्ण मानिन्छ । २९ वर्ष अगाडी देखि चर्चामा रहेको यो सडक प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड दोश्रो पटक प्रधानमन्त्री भएर भारतको औपचारिक भ्रमण हुदा हुलाकी राजमार्गलाई आर्थिक सहायता उपलब्ध गराई अगाडी बढाउने सम्झौता भएको थियो । यो हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले कूल आठ अर्ब आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का