जब तरकारी बारीमा भेटिइन् सभामुख…

31035 Hits

4

काठमाडौं, ३० साउन ।
शनिवार नेपालमा प्राय सरकारी संघसंस्थाहरु विदा हुन्छन् । कजेल विद्यालय र अन्य सार्वजीक संस्थानहरु पनि बन्द हुन्छन । विदा मनाउन सरकारी अफिसका हाकीमहरु परिवारसहित विभिन्न लोकेशनमा निस्कन्छन, भ्रमण गर्छन र फेसबुकमा फोटो अपलोड गर्छन् । तर साउनको २९ गते शनिवार नेपालको सभामुख जस्तो सम्माननीय पदमा आसिन एक महिला भने तरकारी बारी गोडमेलमा व्यस्त भेटिइन् । सुन्दा पत्यार नलाग्ने यो दृष्य नपालको प्रथम महिला सभामुख ओनसरी घर्तीको हो ।6

सरकारले उपलव्ध गराएका सभामुखको नीजि निवास वालुवाटरमा शनिवार दिउँसो चर्को घाममा एक्लै काम गरिरहेकी महिला उनै ओनसरी घर्ती थिइन् । सभामुख घर्तीले मुलखबरसँग भनिन्  ‘सभामुख भएदेखि सदनकै काममा व्यस्त हुने भएकाले बारीमा काम गर्न नपाउँदा सुगर बढ्ने अनी स्वास्थ्य मेन्टेन गर्न नै गाह्रो हुने भएको थियो । अहिले त सदन पनि शनिवार विदा गर्ने व्यवस्था गरेकी छु ।’

सभामुख निवासको पछाडि राष्ट्र बैंकको पर्खालसँग जोडिएको बारीमा कर्कलो बारी गोड्दै गर्दा सभामुख घर्तीले मुलखबरसँग भनिन् शनिवार अन्त जानु भन्दा बारीमा काम गर्न नै आनन्द आउँछ । कर्कलो, सिस्नो, सागका वरीपरिका झारपात उखेल्दै उनले भनिन् -‘नेपालको राजनीतिमा जेलीएका झारपात सफा गर्न चाहिं धेरै गाह्रो रहेछ ।’

सभामुख घर्तीले भनिन् – ‘सदनमा त्यति धेरै कामहरु छैनन्, त्यसैले शनिवार विदाको व्यवस्था गरेको ।’

सामान्य कुर्ता सुरुवाल लगाएर पसिना निकाल्दै सभामुख काममा लागिरहेको देख्दा माझी राष्ट्रिय मुक्ति मोर्चाकी महासचिव उर्मीला माझी र कर्मचारी संगठनकी नेतृ शुशीला पुन पनि उनी सँगै तरकारी गोडममेलमा सरिक भए । जनयुद्धमा सहकार्य गरेका साथीहरुको भेटमा खुशी मान्दै सभामुख घर्तीले भनिन् जनतासँगको पहिलोको जस्तै सहकार्य त अहिले कहाँ गर्न पाइन्छ र ?52

पार्टीले शान्ति प्रक्रियामा आएदेखि नै ललितपुरको कुसुन्तीमा बसोबास गरेका सभामुख ओनसरी घर्ती र पुर्व अर्थमन्त्री वर्षमान पुन अनन्तका जोडि फुर्सद हुने वित्तिकै बारीमा काम गर्ने र श्रममा जोडिने गरिहाल्थे । घर्तीले भनिन् – ‘त्यहाँ कुखुरा पालीएको थियो, माछा पनि पालीयो, र आफूलाई खाने तरकारी त बारीमै बनाइन्थ्यो ।’ अनन्तकी बहिनी शुशीलाले भनिन् दाई भाउजु अहिले पनि फुर्सदको समय बारीमै काम गर्न खोज्नुहुन्छ ।

Related News

Comments are closed