एक वर्षमा सुनको भाउ ११ हजार बढ्यो

268 Hits

goldकाठमाडौ, १६ साउन ।
नेपाली बजारमा सुनको भाउ एक वर्षमा ११ हजारले बढेको छ । सुनको भाउ प्रतितोला आइतवार ५९ हजार रुपैयाँ पुगेको छ । नयाँ आर्थिक बर्ष सुरु भएपछिको यो सवैभन्दा उच्च भाउ हो । साउन एक गते छापावाल सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, अघिल्लो आर्थिक बर्षको सोही दिनको तुलनामा यो भाउ प्रतितोला ११ हजार रुपैयाँ बढी हो ।

अघिल्लो आवको साउन १६ गते नेपाली बजारमा सुनको भाउ प्रतिातोला ४८ हजार रुपैयाँ थियो ।

गतसाताको अन्तिम दिन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुन आइतवार तोलामा एक सय रुपैयाँ बढेको हो ।

आज तेजावी सुन प्रतितोला ५८ हजार ७ सय ५० रुपैयाँमा कारोवार भईरहेको छ । यस्तै, चाँदीको भाउ पनि महंगिएर प्रति तोला ९ सय १५ रुपैयाँ पुगेको छ । गतसाता चाँदी प्रतितोला ९ सय १० रुपैयाँ थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजार मुल्यकै कारण यसरी सुन महंगिएको हो ।
तीज नजिकिंदै जाँदा सुन महंगिदै गएपछि उपभोक्ता भने प्रत्यक्ष मारमा परेका छन् । तीजका लागि मात्र नेपाली बजारमा दैनिक २५ किलो भन्दावढी सुन खपत हुने गरेको थियो ।

‘यो सिजन भनेको सुन खरिदका लागि ग्राहकको भीड लाग्ने समय हो’, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणीरत्न शाक्यले भने, ‘भाउ महंगिएकाले किन्ने भन्दा बेच्ने ग्राहकको संख्या बढी छ ।’

सुन खरिदका लागि अहिले पसलमा ग्राहक आउनेक्रम ह्वात्तै घटेपछि व्यवसायी समेत अफ्ट्यारोमा परेको उनले बताए । देशभर २२ हजार सुनचाँदी पसल संचालनमा छन् । ती पसलवाट अहिले दैनिक सरदर १० किलो सुन खरिदविक्रि भईरहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का