नेशनल माईक्रोफाईनान्सले ल्यायो ३ लाख कित्ता साधारण शेयर

217 Hits

काठमाडौं ।

National-Microfinance

नेशनल माईक्रोफाईनान्सले सर्बसाधारणका लागि ३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आज आव्हान पत्र प्रकाशित गरी साउन १६ देखि १९ गतेसम्मका लागि आबेदन खुल्ला गरेको हो । सर्बसाधारणले प्रति कित्ताको १०० रुपैंयाको दरमा न्यूनतम ५० कित्ता देखि १० हजार कित्तासम्म  आवेदन दिन सकिने छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल रहेको छ । धादिडमा कार्यालय रहेको राष्ट्रियस्तरको नेशनल माईक्रोफाईनान्सले आफ्नो १० करोड चुक्ता पूँजी मध्ये ३० प्रतिशत अर्थात ३ लाख कित्ता सर्बसाधारणमा जारी गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये १२ हजार कित्ता आफ्ना कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याइएको छ ।

कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्म २ करोड ३२ लाख खुद नाफा गरेको छ । कुन–कुन स्थानबाट दिनसकिन्छ त आवेदन ? आबेदन नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड, नेशनल माईक्रोफाईनान्सका शाखा कार्यालयहरु, सिनर्जी फाईनान्स, गोर्खाज फाईनान्स र साझा बिकास बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गरी रकमसहित बुझाउन सकिने बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का