राधि विद्युत् कम्पनीले १० करोड रुपैयाँको शेयर ल्याउँदै

215 Hits

 

काठमाडौं । राधि विद्युत् कम्पनीले १० करोड रुपैयाँको शेयर जारी गर्दै छ । ४ लाख १० हजार कित्ता शेयर स्थानीय प्रभावीत बासिन्दाका लागि र ६ लाख १५ हजार कित्ता शेयर सर्वसाधरणको लागि जारी गर्ने भएको हो । कम्पनीको शेयरलाई ईक्रा नेपालले ग्रेड ४ को रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औषत रहेको संकेत गर्दछ । कम्पनीले आईपिओ जारी गरेर उठाउने पैसा यस सम्वन्ध अन्य नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको हो । कम्पनीले १० दशमलव ३ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र ११ मेगावाटको खारे हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा लगानी गर्ने भएको हो ।

हाल  लम्जुङ जिल्लाको राधी खोलामा संचालन रहेको आयोजनाबाट ४ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भईरहेको छ । ७० प्रतिशत कर्जा र ३० प्रतिशत शेयर लगानीबाट संचालन भएको यो आयोजनाको निर्माण लागत ६१ करोड ३० लाख रहेको छ । १८ करोड ६९ लाख लागत अनुमान गरिएको दोर्दी १ आयोजना ७५ प्रतिशत कर्जा र २५ प्रतिशत शेयर लगानीबाट निर्माण गरिने योजना रहेको छ । त्यस्तै १८ करोड ७० लाख लागत अनुमान गरिएको खारे आयोजना ७० प्रतिशत कर्जा र ३० प्रतिशत शेयर लगानीबाट निर्माण गरिने भएको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का