काठमाडौँ टावर निर्माणको काम यसै सातादेखि सुरु

235 Hits

ktm tower

काठमाडौँ, २  साउन  ।

पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ स्तम्भ निर्माणको काम यसै सातादेखि सुरु हुने भएको छ ।
झन्डै तीन महिनाअघि नै निर्माणको काम सुरु गर्ने भनी पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुलामञ्चमा सारे पनि निर्माण सामग्री अभावले गर्दा काम सुरु हुन सकेको थिएन ।
स्तम्भ निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटुवालका अनुसार हाल भारतबाट सामान ल्याउने काम भइरहेको छ । एक दुई दिनमा सामान आइपुग्छ र निर्माणको काम सुरु गरिन्छ । “टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण सुरु गर्न ढिला भएको हो”, भेटुवालले भन्नुभयो । उहाँका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतका सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्छ ।
लामो समयसम्म काम सुरु नगरेको भन्दै केही समय अघि काठमाडौँ महानगरपालिकाले काम सुरु गर्न निर्देशन लिएको थियो । हालसम्ममा काम सुरु गर्नुपर्ने भए पनि केही काम नभएको भन्दै अब केही दिनमा काम सुरु नगरे हाल निर्माणको लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाउने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।
भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधात्मक र १२ तलाको बनाउने तयारी छ । नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक् र अत्याधुनिकसँगै नेपाली कला, संस्कृति झल्किने खालको हुने बताइएको छ ।
स्तम्भ निर्माणको लागत रु. तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । भवनको सबैभन्दा तल्लो तलामा बस पार्किङ स्थल रहनेछ भने त्यस्तै त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित चलचित्र कक्ष, पौडीपोखरी, खाजाघर, बैङ्क तथा कामपाको वडा कार्यालयसमेत रहनेछ । भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ ।
कामपासँग गरिएको सम्झौता अनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् । काम सुरु भएको पाँच वर्षभित्र स्तम्भ बनाइसक्नु पर्नेछ । रासस

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का