पुल्चोकबाट बाहिरीदैं राजीनामा दिएका माआवादी मन्त्रीहरु

48288 Hits

काठमाडौं ,३१ असार ।



नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरेलगत्तै सरकारमा मोवादीको प्रतिनिधित्व गरेका मन्त्रीहरुले संयुक्त राजीनामा दिए ।

मन्त्री पदको शपथ लिएलगतै उनीहरु पुल्चोकस्थित मन्त्री क्वार्टरमा बस्दै आएका थिए । अब मन्त्रीबाट राजीनामा दिएपछि उनीहरु कहाँ, कहिले र कसरी डेरा सर्ने भन्नेमा लागेका छन् ।

माओवादी मन्त्रीहरुको नेतृत्व गरेका टोपबहादु्र रायमाझी सरकारमा उपप्रधान तथा उर्जा मन्त्रालयको जिम्मेवारीमा थिए । उनी आज बेलुकी सातदोबाटोस्थित मन्त्री हुन अगाडिदेखि बस्दै आएको डेरामा सर्ने तयारीमा छन् ।

कृषिमन्त्री रहेका हरिबोल गजुरेल भाली मन्त्री क्वाटर छाड्ने तयारीमा छन् । उनी पनि पुरानै डेरा ज्ञानेश्वरमा सर्ने तयारीमा रहेका छन् ।

माओवादीका तर्फबाट सरकारमा सहभागी अर्का मन्त्री हुन् अग्नी सापकोटा । उनलाई भने नयाँ खोज्ने चटारो छ यतिखेर । पुरानो कोठामा आफन्त बसेका कारण उनी नयाँ कोठाको खोजीमा छन् । पेप्सीकोला र एकान्तकुनामा कोठा पाएका उनले निर्णय भने आज गर्ने जनाएका छन् ।
गृहमन्त्रीको जिम्मेवारी सम्हालेका शक्तिबहादुर बस्नेत बिहीबार बिहान पुल्चोकस्थित निवास छोडे । उनी मन्त्री हुनु पहिलोदेखि नै भैसेपाटीमा बस्दै आएका थिए । उनले भैंसेपातीमा दुईवटा फ्ल्याट भाडामा लिएका छन् ।

सामान्य प्रसासनमन्त्रीको जिम्मेवारी समाल्ने माओवादी केन्द्रकी मन्त्री रेखा शर्मा उनी पहिले बस्दै आएको मन्त्री क्वाटरनजिककै कोठामा सरेकी छिन् ।

Related News

2 Comments for “पुल्चोकबाट बाहिरीदैं राजीनामा दिएका माआवादी मन्त्रीहरु”

  1. वेल्ल्चोम्र उर् comments

Comments are closed