शहीद पुत्री ढुंगाना बनिन् अधिवक्ता, सत्य र न्यायको पक्षमा लड्ने घोषणा

47585 Hits

kabita
काठमाडौं, ९ असार ।
१० वर्षे शशस्त्र जनयुद्धमा राज्यद्वारा गिरफ्तार गरी हत्या गरीएका माओवादी नेता भरत ढंगानाकी छोरी कविता ढुंगाना अधिबक्ता बनेकी छीन् । अखिल क्रान्तिकारीका नेतृ समेत रहेकी ढुंगानाले वार एशोसियसनद्वारा लिइने सबै तहका परिक्षाहरुमा सफलता हात पार्दे अधिवक्ता बन्न सफल भएकी हुन् ।
सत्य न्याय र समानतालार्य समाजमा स्थापित गर्दै नेपाली समाजलाई आमूल परिवर्तनको दिशामा लैजाने अठोट राखेकी ढुंगानाको पिता भरत ढुंगानालाई तत्कालिन माओवादी जनयुद्धको क्रममा धादिगमा तत्कालिन सेना तथा प्रहरीको संयुत्त  कमाण्डो फोर्सले बसिरहेको स्थानमा घर घेरा हाली गिरफ्तार पश्चात चरम यातना दिएर गोली हानी हत्या गरेको थियो । ढुंगाना सहित तत्कालिन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बैकुण्ठ पोखरेललाई पनि हत्या गरिएको थियो ।
ढुंगाना त्त्कालिन माओवादीको वार्ता कार्यलय सचिव समेत रहेका थिए । अधिवक्ता बनेको कुरा कविताले आफ्नो फेसबुकमार्फत सार्वजनीक गर्दा उनका स्टाटसमाथि करिब ५ सयले लाईक गरेका छन् भने १ सय ५० भन्द्या वढिले कमेन्ट गरेर बधाई दिइसकेका छन् ।

माओवादी आन्दोलनमा समाहित भएका इमान्दार कार्यकर्ताहरुमध्ये पर्ने ढुंगानाले नुवाकोट जिल्ला विकास समितिको सभापतिको पदबाट राजीनामा दिएर तत्कालिन माओवादी जनयुद्धमा पूर्णकालिन बनेका थिए ।
नेपालमा विद्यामान कानुन व्यवसायीहरु कसरी माओवादीलाई अप्ठ्यारोमा पार्ने र सिध्याउने दाउमा लागिरहेको सार्वजनीक भइरहेको बेला माओवादी आन्दोलनमा शहीद बनेका ढुंगाना पुत्रीका लागि अधिवक्ता बन्नु कम चुनौतिपूर्ण कुरा भने होइन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी