आयो आगो नियन्त्रण गर्ने बाइक

128 Hits

काठमाडौं, ९ असार ।

नेपालमा आगलागी भएपछि नियन्त्रण गर्ने मोटरसाईकल भित्रिएका छन् । फायर बाइक अर्थात् आगो निभाउने मोटरसाइकल बारुण यन्त्र छिर्न नसक्ने साँघुरा स्थानहरूका लागि पनि उपयोगी रहेको छ । विदेशमा प्रचलित यो बाइक नेपालमा पनि भित्रिएको छ ।

आगलागी नियन्त्रणका उपकरण तथा यन्त्रहरू जडान गरिएका यस्ता बाइकमा ड्राइ केमिकल पाउडर आदि रसायन पनि राखिएको हुन्छ । यस्ता बाइक अग्नि नियन्त्रकसम्बन्धी तालिमप्राप्त व्यक्तिलाई प्रदान गरिन्छ ।

अहिले मोडिफाइ गरी आगो निभाउन सक्ने बनाइएका एभेञ्जर बाइक नेपाल भित्रिएका छन् । बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले जुद्ध वारुणयन्त्र कार्यालयलाई १० वटा बजाज तुफान बाइक उपलब्ध गराएको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का