बाबुराम ख्याल गर ! तिमी प्रधानमन्त्री भएकोे पिएचडिले हैन,हजारौंको रगत, आँसु र पसिनाले हो ।

28753 Hits

bepaTta

 

 

 

 

 

 

काठमाडौं,१ असार ।

औपचारीक रुपमा पार्टी घोषणा गरेसंगै नयाँ शक्ति नेपाल र यसका संयोजक डा.बाबुराम भट्टराईको बारेमा टिकाटिप्पणी गर्ने क्रम झन् तिब्र बनेको छ । सामाजीक सञ्जाल फेसबुकबाट बाबुराम र उनको नेतृत्वको नयाँ शक्तिलाई टिका टिप्पणी गर्नेक्रम तिब्र बनेको हो ।

surendraउनको राजनीति गतिबिधिलाई बिद्यार्थी नेता सुरेन्द्र बस्नेतले इतिहास बङ्ग्याउने धृष्टता नगर बाबुराम भन्दै आफ्नो फेसबुक पेजमा यस्तो लेखेका छन् ,‘वावुराम तिमीले नयाँ पार्टी घोषणामा आफुले पिएचडि गरेकै कारणले ठूलो मान्छे भएको झैं चर्चा गरेका रहेछौं । याद गर वावुराम तिमी वावुराम र प्रधानमन्त्री भएको तिम्रो पिचडीले हैन,सरकारी विद्यालयवाट एसएलसीमा ८० प्रतिशत अंक ल्याई २० वर्षे कलिलो तामा हुँदै तिमी सहितले आह्वान गरेको जनयुद्धमा भैरवनाथगणवाट गुमनाम वनाइएका धीरेन्द्र वस्नेत जस्ता हजारौंको रगत,आँसु र पसिनाले हो।इतिहास वङ्ग्याउने धृष्टता नगर वावुराम !’

 

kabitaत्यसैगरी अर्की बिद्यार्थी नेतृ कविता ढुंगानाको फेसबुक स्टाटस यस्तो छ ,‘यदि नेपाली आमाका होनहार छोराछोरीले आफ्नो प्राणको आहुती नदिएको भए बाबुराम काका तपाईंको पिचएडीले मात्र तपाईं प्रधानमन्त्री बन्नुहुन्नथ्यो नत्र त तपाईंले जस्तो दुनियाँले गरेका छन कुनै दिन हामी पनि गरौँला त्यो ठूलो कुरो भएन ? तपाईंलाई यस्ता उट्पट्याङ कुरा गर्दा पहिला तपाईंको निर्देशन लाई सिरोपर गरेर जनताको मुक्तीको लागि भर्खर पढ्दै गरेका युवाहरु हातमा बन्दुक बोकेर हिडेको सहिद भएर झण्डा ओडाएको अझ बेपत्ता बन्न तयार भएका मान्छेहरुको अलिकता नि सम्झना आएन ?हुनत तपाईले ब्यक्तिगत रुपमा आफ्नो कोइ आफन्त गुमाउनु परेन त्यही भएर होला काले,श्यामे,माइली,साइलीको बलिदानले पिडा नभएको है ?’

khagendra

 

त्यस्तै बरिष्ठ साहित्यकार तथा लेखक खगेन्द्र संग्रौलाले आफ्नो फेसबुक वालमा यसरी लेखे , ‘सन्दर्भ नयाँ शक्तिको –नयाँ शक्तिको राजनीति भनेको पढे लेखेकाहरूले गर्ने रे ।अनपढ अशिक्षित त पढेलेखेका अनि धनीमानीको भर्याङ मात्रै हुने हो जस्तो छ ।’

 

 

rameswor karkiत्यस्तै आफ्नो फेसबुक पेजमा रामेश्वर कार्की लेख्छन् ,
‘बाबुराम भट्टराईले म निजि सम्पति जोडद्नि भनेको सुन्दा भन्न मन लाग्यो
१ देशको पूर्व प्रधानमन्त्रीको हैसियतमा छौ
२ सुरक्षा देखि सबै सुविधाले घेरिएका छौ
३ पार्टीको सर्बोच्च स्थानमा छौ, कार्यकर्ताले चन्दा उठाएर तिम्रो भरण पोषण गर्छन्
४ यता बंशज हौ तर उता अंगीकृत झैँ तिमीलाई मान मनितो गर्दै चाहिएको जति बोरामै खाँदिएर पठाउन तयार भएको सबैका सामू छर्लंगै छ
५ पार्टी घोषणा गर्न तिमीले गरेको प्रचार खर्च हेर्दा खर्बौं लगानीमा खोलिएको बहुराष्ट्रिय कम्पनीको उत्पादन झैँ करोड बढीको बिज्ञापन छाप्छौ ।
६ बाँचुन्जेल सुबिधा सम्पन्न र तडक भडक पूर्ण जिन्दगि तिमीले नै बाँचेका छौ हिजो तिमीलाई बचाउदै लडाई लड्ने तिम्रा कार्यकर्ताले बाँचेका छौ रु
७ अनि जवाफ देउ यो सबै गर्न तिम्रा पिता पुर्खाको उद्योग ब्यबसाय के छ गोरखाको खोप्लांगमा ?
८ पार्टी चलाउने स्रोत के हो ,अनि अस्तिको बिज्ञापनको स्रोत के हो ?
९ जनताका छोराछोरीलाइ बुर्जुवा शिक्षा नपढ भनेर आफ्नो छोरीलाई राम्रो शिक्षा दिलाएर सम्पति र पहुचको शिखरमा पुर्याएकै छौ ।
१० आफन्तलाई सबै ठाउँमा सेट गरेकै छौ, आवस्यक पर्दा उनीहरु मार्फत दुरुपयोग गर्न पाईहाल्छौ ।
११ अब यो भन्दा थप सम्पति र ऐसको जिन्दगि जिउने र स्रोतको उपयोग, दुरुपयोग के गर्न बाँकी छ र धन सम्पतिको कुरा गर्छौ भट्टराई ज्यू ?
१२ जवाफ छ सम्पति जोड्ने र नजोड्ने बकम्फुसे तर्कको ?
यस्ता वाहियात तर्कको पछि लागेर गमक्क पर्ने हामी नेपाली जनताको चेतनास्तर कस्तो ?’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी