बजेट लोकप्रियताका लागी मात्र ल्याईएको –विपक्षी सांसद

107 Hits

काठमाडौं,२१ जेठ ।

व्यवस्थापिका संसदमा आज पनि बजेटमाथिको छलफल भएको छ । छलफलमा विपक्षी दलका सांसदले बजेट लोकप्रियताका लागि मात्र ल्याइएको आरोप लगाउँदै कार्यान्वयन गर्न नसकिने दाबी गरेका छन् ।

तर सत्तारुढ दलका सांसदले बजेट राम्रो भएको भन्दै कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । छलफलमा नेपाली कांग्रेसका प्रकाशशरण महतले संसदमा पेश भएको बजेटले देशलाई दुरगामी असर पर्ने बताए ।

नागरिकलाई झुक्याउने गरी बजेट ल्याइएको भन्दै महतले अहिले एक प्रतिशत आर्थिक वृद्धिदर नभएको अवस्थामा ६ प्रतिशत पुर्याउने योजना पूरा नहुने दाबी गरे । एमालेका गोकर्ण बिष्टले बजेटले सिमित व्यक्ति र समूह बाहेक आमनागरिकमा खुशी ल्याएको बताए ।

बजेटले पूर्वाधार, जलविद्युत्, कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याएको विष्टको दाबी छ । यस्तै, माओवादी केन्द्रका जनार्दन शर्माले बजेट समग्रमा राम्रो भए पनि व्यापार घाटा कम गर्ने, रोजगारी सिर्जना गर्ने, खर्च गर्न सक्ने क्षमता बढाउन ठोस कार्यक्रम नल्याएको उल्लेख गरे ।

प्रभावशाली नेताको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरिएको भन्दै उनले आपत्ति जनाए। मंगलबारदेखि सुरु भएको छलफलमा शुक्रबारसम्म एक सय ४९ सांसदले बजेटमाथि आफ्नो धारणा राख्दै भाग लिएका छन् ।

शनिबार छलफल सकेर सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री विष्णु पौडेलले दिने गरी तयारी गरिएको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिए । शुक्रबारको बैठकमा सांसदहरुले समय माग गर्दै आफ्नो निर्वाचन क्षेत्रमा देखिएका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी