काग्रेसको माग अनुसार छानबीन समिति गठन

183 Hits

काठमाडौं,१८ जेठ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार बजेटको सूचना चुहिएको विषयमा छानविन गर्न संसदीय विशेष समिति गठन भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट पेश गर्नु अघि नै पत्रपत्रिकामा आएको भन्दै कांग्रेसले सोमबार चार पटक संसद अवरुद्ध पारेको थियो । र, उसले छानविन समिति गठनको माग गरेको थियो ।

विपक्षीको माग अनुसार संसदीय विशेष समिति गठन गर्न सत्तारुढ दलहरु सहमत भएका छन् ।

यो सहमति अनुसार मंगलबारको संसद बैठकमा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले सांसद रमेश लेखकको नेतृत्वमा विशेष समिति गठनको प्रस्ताव गरे । जसलाई कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र माओवादीका हितराज पाण्डेले समर्थन गरेका छन् ।

प्रमुख दलहरुको सहमति अनुसार आएको प्रस्ताव संसदले सर्वसम्मतिले स्वीकृत भएको छ ।

कांग्रेस सांसद रमेश लेखक संयोजक रहेको समितिमा ८ सदस्य रहनेछन् । समितिको कार्यक्षेत्र बजेटको सूचना चुहिएकोबारे वास्तविकता पत्ता लगाउनुका साथै विगतको अध्ययन समेत गरी भविष्यमा यस्तो हुन नदिने के कस्ता उपाय अवलम्बन गर्ने भनेर सुझाव दिने रहेको छ ।

समितिको कार्यकाल १०५ दिनको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी