आफ्नो नाममा पत्र आए सरकारसंग वार्ता गरिन्छ –संघिय गठबन्धन

120 Hits

madhesi-555x335

काठमाण्डौं,१४ जेठ ।

संघीय गठबन्धनले वार्ताको आहृवानसहित आफ्नो नाममा पत्र आए सरकारसँग वार्तामा बस्न तयार हुने निर्णय गरेको छ।
शुक्रबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । वार्ताको आहृवानसहित आफ्नो नाममा पत्र नआएसम्म सरकारसँग वार्तामा नबस्ने गठबन्धनको निर्णय छ।

गठबन्धनले राजधानीमा १२ घण्टे धर्नामा बस्ने निर्णय पनि गरेको गठबन्धनका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र वार्ताको आहृवानसहित मधेसी मोर्चालाई पत्र लेखेको सन्दर्भ निकाल्दै मोर्चाले गठबन्धनका नाममा पत्र आए वार्ता गर्न तयार रहेको बताएको हो।
प्रधानमन्त्रीको पत्रलाई लिएर मधेसी मोर्चाका नेताहरुको फरक फरक धारणा आएपछि शुक्रबार गठबन्धनको बैठक बसेको हो।

बैठकमा गठवन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले पठाएको भनिएको पत्रै आफूहरूले नपाएको दाबी गरे।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी