आवाजबाट ‘लक’ गर्ने स्मार्टफोन

148 Hits
voice-Lock_307910201
तपाईं आफ्नो स्मार्टफोन आफ्नै आवाजबाट ‘लक’ गर्न चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने तपाईंले आफ्नै आवाजबाट फोन लक गरेर ‘प्याटन’ राखेर झन्झटिलो प्रक्रियाबाट लक अनलक गर्दै हुनुहुन्छ भने त्यो समस्या समाधान हुनेछ ।
त्यसका लागि तपाईंले एउटा एप तपाईंको मोवाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसपछि एकमिनेट भन्दा कम समयमा तपाईंले आफ्नो आवाजबाटै फोन लक गर्न सक्नुहुनेछ ।
यो प्रणालीबाट फोन लक गरेपछि जबसम्म तपाईंले बोल्नुहुन्न तबसम्म तपाईंको फोन लक नै रहनेछ ।
आवाजबाट स्मार्टफोन लक गर्न अपनाउनुहोस् यी उपायहरु
सबैभन्दा पहिला तपाईंको फोनको प्लेस्टोरमा गएर ‘भ्वाइस लक स्क्रीन'(Voice Lock Screen) एप डाउनलोड गर्नुहोस् ।
–उक्त एपलाई खोलेर माइक्रोफोनको संकेत भएको टाउँमा थिच्नुहोस्, त्यसपछि लक र अनलकका लागि तपाईंको आवाज राख्नुहोस् । उक्त आवाजलाई सेभ गर्नुहोस् । त्यसपछि तपाईंलाई व्याकअप पासवर्ड माग्नेछ । यो काम तपाईंले पासवर्ड परिवर्तन गर्नचाहेको बेला हुने गर्दछ ।
–व्याकअप पासवर्ड हानिसकेपछि तपाईंले त्यसलाई सम्झेर राख्नुहोला । अब तपाईंको फोनमा आवाज सेट भएको छ । फोन अनलक गर्नका लागि तपाईंले सेट गरेको आवाज आएपछि मात्र अब फोन खुल्नेछ । तपाईंको आदेश बिना अब फोन खुल्दैन ।
–तपाईंलाई आवाज परिवर्तन गर्न मन लागेमा तपाईं फेरि एपमा गएर त्यसलाई खोलेपछि ‘चेन्ज पासवर्ड’ भन्ने ठाउँमा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ तपाईंलाई पूरानो पासवर्ड मागिनेछ । जुन तपाईले आवाज सेट गर्दा राख्नुभएको थियो । पूरानो पासवर्ड राखेर खुलेपछि अब तपाईले नयाँ आवाज राखेर सेट गर्न सक्नुहुनेछ । 
आवाजले नखुले के गर्ने
यदी तपाईंले राख्नुभएको पासवर्ड भुल्नुभयो अर्थात फोनले आवाज पहिचान गर्ननसकेर फोन अनलक भएन भने तपाईं चिन्ता नलिनुहोस् ।
तपाईंको फोनको स्क्रीनको माथि दाहिने कुनामा  एउटा लकको संकेत हुनेछ । सोही संकेतमा क्लिक गनुृहोस् । त्यसपछि एक स्क्रीन आउनेछ । जहाँ तपाईंले राखेको ब्याकअप पासवर्ड माग्नेछ । ब्याकअप पासवर्ड राखेपछि तपाईंको फोन खुल्नेछ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का