प्रचण्ड ….. फेरी पनि प्रचण्ड

40115 Hits

शैलेन्द्र घिमिरे ।

shailendra ghimire
उनी उदण्ड परिक्षण गर्न सक्छन् ।अरुको कल्पभन्दा अगाडी बढ्छन् र एक जिउँदो जाग्दो बिम्ब वनाउँछन् । त्यसैलाई पाउने पागलपूर्ण प्रयत्न गर्छन् । असाध्यै मिलाइएका समिकरणहरुले जवाफ उनले चाहेको जस्तै उत्पादन गर्छन् । यस्तोमा फेल हुनु सामान्य हो , उनी जहाज पल्टाउछन् र फेरी डुङ्गा चढेरेै भएपनि यात्रा जारी राख्छन् । जित्न हिड्नुपर्छ ,उनीलाई थाहा छ उनीे प्रत्येक पललाई अर्थपूर्ण वनाउन जान्दछन् । कर्मले सपनालई भेट्टाउने हो उनी कर्मद्धारा निर्देशित र इच्छाद्धारा सिञ्चित छन् । उनका लागि परिणाम दोश्रो कुरा भएकोले सायद उनलाई निद्रा नपर्ने हुँदैन ।

उनी जहाज पल्टाउछन् र फेरी डुङ्गा चढेरेै भएपनि यात्रा जारी राख्छन् । जित्न हिड्नुपर्छ ,उनीलाई थाहा छ उनीे प्रत्येक पललाई अर्थपूर्ण वनाउन जान्दछन् । कर्मले सपनालई भेट्टाउने हो उनी कर्मद्धारा निर्देशित र इच्छाद्धारा सिञ्चित छन् । उनका  लागि परिणाम दोश्रो कुरा भएकोले सायद उनलाई निद्रा नपर्ने हुँदैन ।

अँ उनी बद्मास हुन् , उनी योजनामा मानिसको टाउकोमा काउसो हाल्छन् ।त्यो काउसोले मानिसलाई मुक्त हुने रहर हाल्छ र मृत्यु जित्न सिकाउँछ । उनी मृत्यु जितेका र जित्नेहरुका केन्द्र हुन् । लटपटिने र चिन्ताले टाक्सिने बानी उनलाई सायदै मन पर्दैन नत्र पहिलो बाट तेश्रो हुँदा उनलाई सन्यासको अवसर थियो । हिसाब मिलाउनै नसकिने माओवादी समिकरण उनी वावुरामलाई सुम्पदा हुन र राष्ट्रपति खाँदा हुन् । तर उनी जोतिनुलाई जीवन देख्छन् । जति बाँच्नु छ सपनामा बाँच र त्यसलाई भेट्टाउन तागत लगाउः यो नै सार्थक जीवनको कडी हो , प्रचण्ड पुष्प सरबाट प्रचण्ड हुनुको यो नै एक सुत्र हो ।
उनी विरत्तताले सिद्धिदैनन् । आरोपले गल्दैनन् । वस, अभियान बनाउन खोज्छन् र बन्छन् पनि । अभियानमा आफु हुनु हुँदैन भनेर भन्नु राजनीतिको दाउपेचमा मस्तिष्क फेल भएकाहरुको आरोप हो । चाणक्यको गणितमा माक्र्सको उद्धेश्य मिलाएपछि जनवादको वरीपरि केद्रित हुनसक्ने उपलब्धीलाई जनपक्षिय बनाउन खोज्नु बाबुरामको हावादारी बुद्धिमत्ताभन्दा उत्तम कुरा हो । यसो हुँदा नै सगरमाथाको देशमा माओवादी आन्दोलन जिवित छ । किताबका पुरेतले व्यवहारबाट विचारलाई अलग गरेर माक्र्सवादको फुलबारीलाई साहाराको चौरजस्तो बनाईरहँदा उनी साहारालाई वंगालको खाडी छेउ उभ्याउन खोज्छन् । कतिमा असफल हुन्छन् तर सहारामा परेको प्रत्येक वुँद पानीमा यिनको यत्नकै करामत बढी छ ।

पहिलो बाट तेश्रो हुँदा उनलाई सन्यासको अवसर थियो । हिसाब मिलाउनै नसकिने माओवादी समिकरण उनी वावुरामलाई सुम्पदा हुन र राष्ट्रपति खाँदा हुन् । तर उनी जोतिनुलाई जीवन देख्छन् । जति बाँच्नु छ सपनामा बाँच र त्यसलाई भेट्टाउन तागत लगाउः यो नै सार्थक जीवनको कडी हो , प्रचण्ड पुष्प सरबाट प्रचण्ड हुनुको यो नै एक सुत्र हो । maobadi

वायुलाई बाटो विगार्ने वानी लगाईयो भने वंगाल साहरामा पुग्छ । उनि वानिको हानमिा विरत्त नमानी उभिन्छन र भन्छन ,संसार कति बद्लियो अलग कुरा हो प्रयत्न गरियो कि गरीएन त्यो प्रमुख कुरा हो ।उनी पहाड खन्ने मुर्ख बुढोको डिउटीलाई जीवनमा आत्मसाथ गरेर परिबर्तनका कहानीहरुको पुस्तान्तरणमा हिस्सेदारी खोज्छन् ।
आत्मीय संगको सम्बन्ध विच्छेद कम्युनिष्ट आन्दोलनको मुल रोग हो । उनी यस्का लागी तयार छन् , छोडिने छोडेर जोडिने खोज्छन् । सानो झुण्डको सरदारमा उनलाई विस्वास छैन ।उनी पराल सहितको धान नै भकारीमा हाल्न सक्छन् ।राजनीति आगो हो जस्ले नजिकको चिजलाई सबैभन्दा पहिला टिप्छ भन्ने उनलाई थाहा छ । पराल धान बनको दिन जितिने छ , तर उनी खेती भित्र्याउन छोडदैनन यसकारण पिडाका विचमा उनि संभावना देख्छन । विभाजन संग एकताको प्रसंग जोडिरहन सक्नु एक जब्बर कला हो भने यो उनीसंग छ ।

अभियानमा आफु हुनु हुँदैन भनेर भन्नु राजनीतिको दाउपेचमा मस्तिष्क फेल भएकाहरुको आरोप हो । चाणक्यको गणितमा माक्र्सको उद्धेश्य मिलाएपछि जनवादको वरीपरि केद्रित हुनसक्ने उपलब्धीलाई जनपक्षिय बनाउन खोज्नु बाबुरामको हावादारी बुद्धिमत्ताभन्दा उत्तम कुरा हो । यसो हुँदा नै सगरमाथाको देशमा माओवादी आन्दोलन जिवित छ । 

prachanda

कहिलेकाही अनुमान विपरीत हारिन्छ , उनि हारको समिक्षामा खर्चालु बन्दैनन् । धुलो टकटकाएर गंभीर बनेर ओठ सुकाउँदैनन् । यसो गरेको भए यो आन्दनोलन असंभावनाको गणित खोजेर विप्लवको बाटोमा जान्थ्यो अथवा सकिएन वा सकिदैन भनेको भए वावुरामको विचार उभिन्थ्यो । यो दायाँ पनि छैन , वायाँ पनि होइन । क्रान्तिकारी मध्यतामा उनि किरणको घिस्राई होइन चेको उफ्राइ मन पराउँछन् ।यसकारण आन्दोलनका थुप्रै जन्वर अंशियारले छोड्दा पनि उनिसंग आन्दोलन छ र यस्को अर्थपूर्ण गति र उपस्थिति छ ।
उनीसंग मन छ, मन हुनुको नाताले संवेग र आवेश दुवै छ । अरुले यस्लाई अभिनय नै ठानुन् तर आँशु त्यत्तिकै आउँदैन , अनि आक्रोशको विचमा गलल हाँसो उठाउन सक्छन् , यसको अर्थ जीवनमा उनी टाउको कम , मुटु ज्यादा प्रयोग गर्छन् । राजनीतिमा भने उनि फरक छन् उनि मुटुलाई कम स्थान र मस्तिष्कलाई अधिक उपयोग गर्छन् ।

 

उनी पराल सहितको धान नै भकारीमा हाल्न सक्छन् ।राजनीति आगो हो जस्ले नजिकको चिजलाई सबैभन्दा पहिला टिप्छ भन्ने उनलाई थाहा छ । पराल धान बनको दिन जितिने छ , तर उनी खेती भित्र्याउन छोडदैनन यसकारण पिडाका विचमा उनि संभावना देख्छन । विभाजन संग एकताको प्रसंग जोडिरहन सक्नु एक जब्बर कला हो भने यो उनीसंग छ ।

त्यसकारण नै नीजि जीवनमा परिवारकोे प्रभावमा उनि पर्छन् । कहिलेकाही आन्दोलन भित्रकै आत्मीय आफन्त समेतले दुरुपयोग गर्छन् । उनले यस्मा पनि चित्त दुखाउँदैनन् । उनि ठान्छन् , बहर दुहेर दुध आउँदैन । मान्छे जे छ त्यो देखिन्छ त्यसमा पिडाबोधको कुनै स्थान छैन फरक यत्ति हो मानिसहरुका बारेको ज्ञान प्रयोग हो ।प्रयोगबाट ज्ञान जन्मिन्छ र उस्को कमजोरीहरुको मर्मत तालिका बन्छ । उनि मर्मत कलामा माहिर छन् । अर्काको आरनमा आफ्नो औजार अर्जापने कुरा राजनीतिमा करीब असंभव ठानिन्छ तर उनी यसको संभावना हेरिरहन्छन् । आफ्नो आरनमा आगो नबलेको दिन उनी अर्काको आरनको धुँवाले आफ्नो औजार तिखार्न सक्छन् ।त्यसकारण उनी सबैदल र वलमा छन् । उनको बारेमा धारणा बनाएर अरु बहुमत र अल्पमतमा पर्छन् तर उनि हार्दैनन् । बाजी नराखिएको खेलमा अर्कैको अखडामा जस्ले जितेर जो हारे पनि प्रचण्डले त्यसलाई जित बनाउँछन् । यो कला छ यसकारण प्रचण्ड छन् । जहाँबाट संभावना सिद्धिएको देखिन्छ उनि त्यहिवाट यस्को प्रस्थान विन्दु खोज्छन् र विजयको यात्रामा निस्किन्छन् । यो राजनीति हो ,वर्गपक्षधरताको यो अजिवपन कही छ भने सगरमाथाको देशमा प्रचण्ढ संग छ । यो नै माओवादी आन्दोलनको गौरव हो ।

बहर दुहेर दुध आउँदैन । मान्छे जे छ त्यो देखिन्छ त्यसमा पिडाबोधको कुनै स्थान छैन फरक यत्ति हो मानिसहरुका बारेको ज्ञान प्रयोग हो ।प्रयोगबाट ज्ञान जन्मिन्छ र उस्को कमजोरीहरुको मर्मत तालिका बन्छ । उनि मर्मत कलामा माहिर छन् । अर्काको आरनमा आफ्नो औजार अर्जापने कुरा राजनीतिमा करीब असंभव ठानिन्छ तर उनी यसको संभावना हेरिरहन्छन् । आफ्नो आरनमा आगो नबलेको दिन उनी अर्काको आरनको धुँवाले आफ्नो औजार तिखार्न सक्छन् ।त्यसकारण उनी सबैदल र वलमा छन् । 

एउटा परीक्षणको असफलताले उनि अत्तालिदैनन् । उनि ठान्छन् प्रयोगको निरन्तरताले , विज्ञान निखारिन्छ र आविस्कारको प्राप्ती हुन्छ , महान सफलताका लागी महान् धक्का बेहोर्नै पर्छ । गुरुहरुले त्यसै महाबिपत्तिको सामना सुनाएका होइनन् । उनी फेरी प्रयोग र फेरी सामनाको सिद्धान्त जान्दछन् ।उनलाई अगाडी पछाडी, दायाँबाँया तल र माथि थाहा छ । उनि यस्कै विचबाट रातोझण्डाको अस्तित्व खोज्छन् । माक्र्सवादका चुनौती न उत्तेजना न बिसर्जन यो दुवैले सामना गर्दैन , यस्ले त पलप्रतिपलको जवाफ दिन्छ र दिनुपर्छ , यहि प्रयत्नमै नेपालको माक्र्सवाद छ । केही असफलताले यसलाई झन बलियोसंग निखारेको भन्ने बलियो जब्बर तर्क उनिसंग छ ।

घर छोडेर हिड्नेहरुको भागमा प्रचण्ड गर्मी र भाकेको घेरा बनाउँछन् । घर छोडेकाहरु केही माइल हिडेपछि घर संझेर फर्किन्छन् उनी फर्काइलाई भव्य बनाउँछन् र एउटै पार्टीको पटक पटक नाम फेरर अध्यक्ष बन्छन् ।अरु बहसमा तर प्रचण्ड सर्बसम्मत भन्न नपाउँदा अरुको दिमागमा काउसो उफ्रिनु पर्ने सधैको परीणती उनको राजनीतिक कलाको श्रेष्ठता हो ।

cm (1)

खेल नखेल्नु खेलेपछि नियममा छिर्नु उनको सिद्धान्त हो , उनि जहाँ कमजोर ठानेर अरुले दुरुपयोग गर्न खोज्छन्, प्रचण्डले तिनैलाई प्रयोग गर्छन् । अरुको खेले उनले जित्छन् र यसकारण नै उनि सदैव संभावित प्रधानमन्त्रिका दावेदार बन्छन् ।

 

घर छोडेर हिड्नेहरुको भागमा प्रचण्ड गर्मी र भाकेको घेरा बनाउँछन् । घर छोडेकाहरु केही माइल हिडेपछि घर संझेर फर्किन्छन् उनी फर्काइलाई भव्य बनाउँछन् र एउटै पार्टीको पटक पटक नाम फेरर अध्यक्ष बन्छन् ।अरु बहसमा तर प्रचण्ड सर्बसम्मत भन्न नपाउँदा अरुको दिमागमा काउसो उफ्रिनु पर्ने सधैको परीणती उनको राजनीतिक कलाको श्रेष्ठता हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी