लेनिन जयन्तीमा प्रचण्डले गरे प्रगतिशील शक्तिबीच एकताको लागि अपील

348 Hits

काठमाडौैं,१० वैशाख ।CMPrachanda_AL-Jazeera-520x330

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा लेनिनको १४६ औं जन्म जयन्तीको अवसरमा नेपालका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी एवम् प्रगतिशील र देशभक्त जनसमुदायमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

लेनिनको जन्म जयन्तीको अवसर पारेर ६७ वर्ष अघि २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलन अनेकौं आरोह र अवरोह छिचोल्दै अघि बढिरहेको छ । जनयुद्ध र जनआन्दोलन हुँदै आएको यो आन्दोलन अहिले पनि राष्ट्रिय राजनीतिको केन्द्रमा छ ।

प्रचण्डले आज एक शुभकामना सन्देश दिदै जनयुद्धको जगमा भएको जनआन्दोलनले शताब्दीयौं लामो राजतन्त्रलाई अन्त्य गरी संविधानसभाद्वारा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीता, लगायतका राजनीतिक उपलब्धि सुनिश्चित गरेको बताएका छन् ।

उनले समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न महत्वपूर्ण आधार तयार भएको शुभकामना मन्तव्यमा उल्लेख गरेका छन् ।शुभकामना बत्तव्यमा भनेका छन्, २१ औं शताब्दीमा विश्व परिस्थितिमा अनेकौं महत्वपूर्ण परिवर्तन आए पनि हामी साम्राज्यवाद एवम् सर्वहारा क्रान्तिको युगमा छौं ।
लेनिनले अघि सार्नुभएको क्रान्ति तथा कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त लगायतका प्रस्तावनाहरुको महत्व घटेको छैन  बत्तव्यमा उल्लेख छ ।

प्रचण्डको शुभकामनाको पूर्ण पाठ

शुभकामना नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा महान् साम्यवादी नेता भि.आई. लेनिनको १४६ औं जन्म जयन्तीको अवसरमा हाम्रो पार्टी नेपालका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी एवम् प्रगतिशील र देशभक्त जनसमुदायमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । लेनिनको जन्म जयन्तीको अवसर पारेर ६७ वर्ष अघि २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।  नेपालको कम्युनिष्ट आन्दोलन अनेकौं आरोह र अवरोह छिचोल्दै अघि बढिरहेको छ ।

जनयुद्ध र जनआन्दोलन हुँदै आएको यो आन्दोलन अहिले पनि राष्ट्रिय राजनीतिको केन्द्रमा छ । जनयुद्धको जगमा भएको जनआन्दोलनले शताब्दीयौं लामो राजतन्त्रलाई अन्त्य गरी संविधानसभाद्वारा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीता, लगायतका राजनीतिक उपलब्धि सुनिश्चित गरेको छ । जसले समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न महत्वपूर्ण आधार तयार गरेको छ । यी उपलब्धिहरुका लागि नेपाली जनताका हजारौं सर्वश्रेष्ठ छोराछोरीहरुले बलिदान दिएका छन् । प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीहरुको निम्ति संघर्ष गर्नु आजको हाम्रो दायित्व हो ।

२१ औं शताब्दीमा विश्व परिस्थितिमा अनेकौं महत्वपूर्ण परिवर्तन आए पनि हामी साम्राज्यवाद एवम् सर्वहारा क्रान्तिको युगमा छौं । लेनिनले अघि सार्नुभएको क्रान्ति तथा कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त लगायतका प्रस्तावनाहरुको महत्व घटेको छैन । लेनिनले देखाउनु भएको क्रान्तिको सिद्धान्त हाम्रा लागि मार्ग निर्देशन बनिरहेको छ । पार्टी स्थापना दिवस र लेनिन दिवसको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको लागि अपील गर्दछ । जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गरी समाजवादी क्रान्तिको दिशामा अघि बढ्न आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ  ।

१० बैशाख, २०७३ (२२ अप्रील)

……………….

प्रचण्ड

अध्यक्ष

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

Loading...

Related News

पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन, यस्तो बन्दै छ कम्युनिस्ट पार्टीको संरचना

काठमाडौं, ११ चैत । आजको एक महिनामा एउटै कम्युनिष्ट पार्टीको नाममा सार्वजनीक हुने तयारीमा रहेका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा…

Notes on 21st Century Imperialism

Understanding Imperialism Transformation of capitalism into imperialism, which Lenin recognized as the highest state of capitalism, is inevitable. Lenin’s understanding…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का