प्रचण्डले शहीद र वेपत्ता परिवारलाई पेरिसडाँडामा के भने ?

195 Hits

काठमाडौं, ३० चैत ।
prachandएकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका शहीद र वेपत्ता परिवारको जिम्मा आफू बाँचीन्जेल आफैंले लिने प्रतिवद्धता व्यक्त गरेका छन् । १० वर्षे शसस्त्र जनयुद्धको नेतृत्व गरेका पुर्वप्रधानमन्त्री प्रचण्डले आज जनयुद्धमा शहादत प्राप्त गरेका शहीद र राज्यद्धारा वेपत्ता पारिएका नागरिका परिवारलाई पार्टी मुख्यालय पेरिसडाँडामा बोलाएर उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सत्य निरुपण र वेपत्ता आयोगले उजुरी आव्हान गरेपछि त्यसविषयमा पार्टीको धारणा स्पष्ट पार्न जनयुद्धका महान् शहीद परिवार समा र राज्यद्धारा वेपत्ता योद्धा परिवार समाजले संयुक्त रुपमा आयोजना गरेको भेलामा प्रचण्डले भने ‘म बाँचुन्जेल तपाईहरु सबैको जिम्मा म लिन्छु, लिनैपर्दछ ।’ प्रचण्डले सत्य निरुपण र वेपत्ता आयोगले सत्य तथ्य छानवीन गरी प्रतिवेदन तयार गर्ने जिम्मा पाएकाले आशावादी हुन आग्रह गर्दै अगाडि भने ‘तर पनि खासै न्याय पाइन्छ भन्नेमा ढुक्क भने हुन सकिन्न ।’
प्रचण्डले जनयुद्धमा बगेको रगत र भएको त्यागका कारण नै नेपालको परिवर्तन सम्भव भएको भने । उनले अगाडि थपे हामीलाई प्रतिक्रियावादीले निशाना बनाइरहेका छन् हामी सबैलाई नसिध्याई उनीहरु पछाडि नहट्ने सोचमा छन् । उनले भारत र युरोपीयन युनियनले आफूहरुको विरुद्ध अभिव्इक्ति दिएको पनि उल्लेख गरेर वेपत्ता र शहीद परिवारलार्य चनाखो र धैर्यवान हुन अपील गरे । एमालेसँग सम्वन्धीत केही वकिलहरु र मानवअधिकारको आवरणमा रहेकाहरु माओवादीको विरु बहसमा सक्रिय रहेका जानकारी दिंदै प्रचण्डले तीनीहरुको विरुद्ध शशक्त बहस र प्रतिकार गर्न आव्हान गनरे ।
एक प्रसंगमा गिरीजाले सबैलाई माफी दिउँ र सबैलाई विर्सिदिउँ भन्ने आग्रह गरेको तर आफुले नमानेको जानकारी दिंदै प्रचण्डले जनयुद्ध गर्नु कुनै गल्ती नभएर गौरवपूर्ण आन्दोलन भएको बताए । उनले कमजोर हुँदा आफूहरुलाई नछाड्ने भएकाले शान् िसम्झौताको मर्म र भावना अनुसार काम नभएमा आफूहरु आन्दोलनमा जानुपर्ने बाध्यताको बारेमा प्रधानमनत्री केपी ओलीलाई पनि चेतावनी दिएको बताए । उनले सबै प्रतिगामी हर्कतहरुका विरुद्ध माओवादी धाराहरु एकताबद्ध भएर ल्ड्ने र लडिरहेको जानकारी दिए । त्यसको नेतृत्व एमाओवादी र आफूले गरिरहेको जानकारी दिंदै उनले बेपत्ता र शहीद परिवारको कसम खाँदै माओवादी आन्दोनलाई टुटफु र विसर्जनमा होइन एकता र रपन्तरणमा लैजाने कामले छिट्टै पूर्णता पाउने दावी पनि गरे । शही र वेपत्ता परिवारलाई शोकलार्य शक्तिमा वदलेर पार्टीको अभियानमा साथ दिन पनि प्रचण्डले आग्रह गरे ।
कार्यक्रममा एमाओवादी महासचिव कृष्णबहादुर महरासहितका नेता एवं शहीद र वेपत्ता परिवारहरु र घाइते योद्धाहरुको सहभागिता रहेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का