इटहरीका चर्चित व्यवसायी सुनिलकुमार अग्रवालको निधन

73 Hits

काठमाडौं,२२ चैत।

1459748216sunil-g

सुनसरीको इटहरीका चर्चित व्यवसायी, इटहरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा संचार उद्यमी ४२ वर्षीय सुनिलकुमार अग्रवालको निधन भएको छ ।अग्रवालको आइतबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
अग्रवाल विगत केही समयदेखि बिरामी रहेका थिए । उनको उपचार जारी थियो । विगत लामो समयदेखि अग्रवाल उद्योग र व्यवसायको क्षेत्रमा क्रियाशील थिए । इटहरी उद्योग वाणिज्य संघको उपाध्यक्षदेखि मारवाडी सेवा समिति, रेडक्रस सोसाइटी लगायत दर्जनौ सामाजिक संघसंस्थामा उनको आबद्धता थियो । इटहरीको सामाजिक काममा सधैं अग्रणी भूमिकामा रहने अग्रवाल समाजमा समेत मृदुभाषी, असल सहयोगीको रुपमा स्थापित थिए । अग्रवाल जगदम्बा ग्रुप लगायतका स्थापित औद्योगिक घरानाको पूर्वाञ्चलकै विश्वासपात्र र उत्कृष्ट थोक बिक्रेताको रुपमा समेत दर्जनौ पटक सम्मानित भएका थिए ।
पछिल्लो समय उनको सुनसरीको तित्रीबनास्थित आर एण्ड बी जुस उद्योग, इटहरी २ स्थित गरिमा होटलमा ठूलो लगानी थियो । स्थानीय नमस्ते एफएममा समेत उनको लगानी रहेको थियो । त्यस अलावा सानातिना दर्जनौ प्रोजेक्टमा उनले लगानी गरेका थिए ।नाकाबन्दी, भूकम्पका कारण व्यापार चौपट भएपछि उनलाई डिप्रेसनको समस्या थियो । भारत लगायतका क्षेत्रका अस्पतालमा लगेर उनको उपचार समेत गरिएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी