बैंक रकम हिनामिना गरी फरार अभियुक्त पक्राउ

169 Hits

काठमाडौं, १९ चैत ।

नारायणी डेभलपमेण्ट बैंकमा हिनामिना गरी फरार रहेका सो बैंकका अध्यक्ष उत्तमप्रसाद द्वा लाई केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले काठमाडौं थापाथलीबाट बिहिबार पक्राउ गरेको छ ।

कानुन अनुसार बेपत्ता भएता पनि व्यवहारमा बैंकको अध्यक्षको हैसियतले लुकिछिपी काम गर्दै आएका उत्तमप्रसाद नेपाल राष्ट्र बैंक समस्याग्रस्त संस्था तथा रिजोलुसन महाशाखाले आयोजना गरेको “रिजोलुसन प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय” सम्बन्धि एकदिवशीय गोष्ठीमा बैंकको अध्यक्षको हैसियतले भाग लिएर गोष्ठी समाप्त भए पश्चात् बाहिर निस्कने क्रममा ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो । निज उत्तमप्रसाद केमिड्रग ईण्डष्ट्रिज प्रा.लि. थानकोटका वर्तमान प्रबन्ध निर्देशकसमेत रहेका छन् ।

चितवनको टाँडीमा प्रधान कार्यालय रहेको उक्त बैंकका अध्यक्ष उत्तमप्रसाद र महाप्रबन्धक बीरेन्द्र श्रेष्ठले बैंकका ऋणी तथा आफन्तहरुलाई अनियमित तरीकाले धितोलाई बढी मुल्यांकन गराई ऋण प्रवाह गरी ऋण आफैंले प्रयोग गरी बैंकको २३ करोड ७२ लाख २६ हजार ७ सय ४४ रुपैयाँ नोक्सानी गराएका थिए ।बैंकका तत्कालीन महाप्रबन्धक बीरेन्द्र श्रेष्ठलाई गत असार २३ गते पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको थियो । उत्तमप्रसादलाई जिल्ला प्रहरी कार्यालय चितवनमार्फत पुनरावेदन अदालत हेटौंडामा पठाइने ब्यूरोले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का