राजकुमार ह्यारी फर्कींदै

94 Hits
काठमाडौं, १७ चैत /

चैत ६ गते नेपालको औपचारिक भ्रमणका लागि आएका बेलायती राजकुमार ह्यारी आज राति स्वदेश फर्किन लागेका हुन् ।

ह्यारी कतार एयरवेजको विमानमार्फत बुधवार राति ९ः१५ स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ । नेपालमा बसाइका क्रममा राजकुमार ह्यारीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

यसैगरी ह्यारीले भूकम्पले क्षति पु¥याएको ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रसहित बर्दीया, भक्तपुर, लम्जुङ, गोरखा र पोखराको भ्रमण गरेका थिए ।

पाँच दिने नेपाल भ्रमणका लागि आएका ह्यारीले थप ६ दिन भूकम्पले क्षति पुर्याएको गोरखाको लापुबेसीमा रहेको प्रभातकिरण माविको पुनर्निर्माणको काममा समेत सहयोग गरेका थिए ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी