संचार उद्यमी सिंघानियाको हत्याका प्रमुख योजनाकार ५ वर्षपछि पक्राउ

133 Hits

धनुषा, १७ चैत
सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका प्रमुख योजनाकार चन्द्रदीप यादवलाई प्रहरीले ५ वर्षपछि मात्रै पक्रान सफल भएको छ । जनकपुर टुडेका प्रकाशक सिंघानियाको ०६७ फागुन २७ गते होलीको दिन जनकपुरको शिव चोकमा गोली हानी हत्या गरिएको थियो ।धनुषा प्रहरीका अनुसार भारतको जयनगर बसेर नेपालमा अपराधिक गतिविधि चलाउँदै आएका यादवलाई प्रहरीले गए राती प्रेमीका सहित जनकपुर नगरपालिका(१ स्थित वकिल टोलबाट पक्राउ गरिएको हो ।
पहिलो संविधान सभा निर्वाचनमा फोरम लोकतन्त्रिकका तर्फबाट धनुषा ६ बाट उनी प्रत्यक्ष तर्फबा उम्मेद्वार समेत थिए। यादव भौतिक योजनामन्त्री विजय गच्छेदार र जनकपुर बम विस्फोटका योजनाकार सञ्जय टक्लाका नजिक मानिन्छन्।
यसअघि प्रहरीले सिंघानिया हत्या आरोपमा तीन जना पक्राउ परिसकेका छन् । उनीहरुकै सूचनाका आधारमा यादवलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।
यादव माथि गत माघमा नेपाली कांग्रेसको जिल्ला अधिवेशनको क्रममा २ जनाको हत्या गरेको मुद्धा पनि छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
जनकपुर बम विस्फोट र सिंघानीया हत्याको अनुसन्धान थाले पछि टक्ला, यादव र अर्का रामविनोद यादवसँगै फरार भएका थिए। टक्ला अहिले डिल्ली बजार कारागारमा छन्। रामविनोद भने अझै फरार छन्। पछिल्लो क्रममा यादवले जनतान्त्रिक टाइगर जनशक्ति पार्टीको नामबाट अपराधिक कार्य गर्दै आएका थिए। उनी त्यसका अध्यक्ष समेत हुन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी