एसएलसीमा सेनिटरी प्याडको व्यवस्था

101 Hits

पर्वत, १७ चैत /

एसएलसी परीक्षामा सहभागी हुने छात्राका लागि पर्वत जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको छ ।

परीक्षाको समयमा महिनावारी भएकालाई लक्षित गर्दै जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको हो । छात्रालाई महिनावारी भएको बेला वा परीक्षा हलभित्रै महिनावारी भएमा समस्या देखिने भएकाले जिल्लाका १९ वटै परीक्षा केन्द्रमा सेनिटरी प्याड, हात धुने साबुन व्यवस्था गरिएको हो । प्लान नेपालको सहयोगमा इन्प्रेड नेपाल, पर्वतले सबै परीक्षा केन्द्रमा पुग्ने गरी ९७ प्याकेट सेनिटरी प्याड उपलब्ध गराएको जनाइएको छ ।

परीक्षा हाताभित्रै महिनावारी भएपनि परीक्षा नरोकियोस् र तुरुन्त शौचालय गएर सफा गर्ने र सेनिटरी प्याडको प्रयोग गरी पुनः परीक्षामै सहभागी होऊन् र परीक्षा प्रभावित नहोस् भनेर सबै परीक्षा केन्द्रमा पुग्ने गरी सेनिटरी प्याड प्रदान गरिएको इन्प्रेड नेपालका कार्यक्रम व्यवस्थापक ऋषिराम पौडेलले जानकारी दिए ।

परीक्षा केन्द्र छात्रामैत्री बनाउनका लागि पनि उक्त वस्तु प्रदान गरिएको हो । हरेक केन्द्रमा पुग्ने गरी ९७ प्याकेट प्याड र साबुन जिल्ला शिक्षा अधिकारी रमेश पौडेललाई इन्प्रेड नेपालका कार्यक्रम व्यवस्थापक ऋषिराम पौडेलले मंगलबार हस्तान्तरण गरेका हुन् ।

शिक्षा कार्यालयले हरेक परीक्षा केन्द्रलाई छात्रा र अपाङ्गमैत्री बनाइएको पनि जनाएको छ । महिनावारी भएका छात्राले ढुक्कसाथ परीक्षा दिने वातावरण मिलाउन साबुनपानीसहितको पक्की शौचालय, उमेरअनुसारका फर्निचरको व्यवस्था मिलाइएको जिशिअ पौडेलले बताए । त्यससँगै अपाङ्गताको प्रकृति हेरी त्यस्ता परीक्षार्थीलाई छुट्टै व्यवस्था मिलाइएको उनले बताए । यस वर्ष पर्वतबाट एसएलसी परीक्षामा चार हजार ३०० परीक्षार्थी सहभागी हुने भएका छन् । रासस

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी