बिस्केट जात्रामा जुजुभाइले ८ औं पल्ट जिब्रो छेड्ने

100 Hits
भक्तपुर, १७ चैत /
बिस्केट जात्रा क्रममा भक्तपुरको मध्यपुर, थिमिको बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यसवर्ष पनि जुजुभाइ बासँ श्रेष्ठले नै जिब्रो छेड्ने भएका छन्। बासँ श्रेष्ठले यसवर्ष पनि जिब्रो छेड्ने अरु कोही नभएकाले ८ औं पल्ट जिब्रो छेड्ने मंगलबार घोषणा गरे । उनले परम्परा र जात्रा पर्व जोगाउन जिब्रो छेड्न लागेको बताए।
२८ वर्षको उमेरमा २०६६ सालको जात्रामा पहिलोपल्ट जिब्रो छेडेका बासँ श्रेष्ठले त्यसयता बर्सेनि जिब्रो छेड्दै आएका छन् । काठमाडौं उपत्यकाको प्रख्यात जात्रा बोडेमा बर्सेनि वैशाख २ मा जिब्रो छेड्ने जात्रा हुन्छ ।
यसपल्टको जिब्रो छेड्ने प्रक्रिया मंगलबार नै सुरु भएको छ । मंगलबार भक्तपुर, सल्लाघारीस्थित च्वगा गणेशस्थान पुगेर द्योः साल हयेगू (देवता तानेर ल्याउने) कार्य पूरा गरिएको छ। यस क्रममा देवताको पूजाआजा गरी प्रसाद जिब्रो छेड्ने व्यक्तिको घरपरिवारमा भिœयाइएको छ । बासँ श्रेष्ठले आफूले मंगलबार मन्दिर पुगी शुभकार्य गरेको पत्रकार भेटघाटमा बताए।

जात्रा क्रममा नयाँ वर्षको ४ दिनअघि चैत २७ गते चार दाम चढाउने परम्परा छ । यसैबेला जात्रामा जिब्रो छेड्ने प्रण गरिन्छ । साथै यही दिन बोडे निकटस्थित नीलबाराहीबाट गुँसी (जंगलबाट दाउरा) घरमा ल्याएर धुनी जगाउने गरिन्छ ।

जात्राको मुख्य आकर्षण वैशाख २ मा मध्यपुर थिमि नगरपालिका वडा नं १ बोडेमा हजारौं जात्रालुको उल्लासपूर्ण सहभागितामा जिब्रो छेड्ने प्रचलन छ । त्यसपछि जिब्रो छेड्नेको इच्छा अनुसार बोडे परिक्रमा गरिन्छ ।

जिब्रो छेड्ने व्यक्ति ३ दिनअघि (चैत ३० गते) देखि व्रत बस्ने गर्छन् । व्रतका बेला चोखोनिधो हुनु पर्ने, पशुपंक्षी, महिला छुन नहुने र अरुको घरमा जान नहुने परम्परा छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी