हावाहुरीका कारण घाइते महिलाको उपचारका क्रममा मृत्यु

79 Hits

काठमाडौं, १६ चैत /

सोमबार आएको हावाहुरीका कारण घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

स्वयम्भू स्तुपा नजिकको घरको छतबाट इँटा खस्ने क्रममा भागदौड हुँदा नागार्जुन–४ सीतापाइला बस्ने कन्चनपुर, महेन्द्रनगरकी ३५ वर्षीया विमला मगर घाइते भई मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक कोमल शाहले घाइते मगरलाई उपचारका लागि अस्पताल लगिएकामा गएराति उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल लगिएको छ ।

हावाहुरीका कारण काठमाडौंमा पाँचजना, भक्तपुरमा चारजना र ललितपुरमा दुईजना गरी ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी