युद्धकालीन मुद्धाबारे सबै माओवादीको एउटै स्वर, युद्धकालिन मुद्धाहरु अदालतले नै उल्ट्याउन पाउँदैन

777 Hits

काठमाडौं ,५ चैत ।

Mao-Meet-With-Pm
आ–आफ्नो स्वार्थमा विभाजीत भएका माओेवादीहरुले शुक्रबार एउटै मुद्धालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । प्रधानमन्त्रीलाई भेट्दै उनीहरुले युद्धकालिन मुद्धाहरुलाई अदालतले नै उल्ट्याएर माओवादीका नेता कार्यकर्तालाई मुद्धा चलाउन थालेको भन्दै यस्ता मुद्धा सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत टुंग्याउनु पर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले युद्धकालीन मुद्धा अदालतले उल्ट्याउनु शान्तिप्रक्रिया बिपरीत हुने बताउँदै प्रधानमन्त्रीलाई यसबारे गंभिर हुन भनेका छन् । युद्धकालीन मुद्धालाई अन्य अबश्थाको मुद्धा जस्तै निर्र्णय गर्दै गए शान्तिप्रक्रिया अबरुद्ध हुने माओवादीहरुको ठम्याई छ । पछिल्लो समय ओखलढुंगाका एमाओवादी सभाषद केशव राई सहितका २४ नेता कार्यकर्तालाई द्वन्दकालिन मुद्धामा सर्वोच्वले मुद्दा चलाउन फैसला गरेको थियो । सोही विषयलाई लिएर सबै माओवादीका शिर्ष नेताहरुको टोलीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेटेको हो । भेटमा प्रधानमन्त्री ओलीेले गंभिर अपराधका मुद्धाहरु बाहेक अन्य युद्धकालीन मुद्धाहरु आयोग मार्फत नै टुंग्याउनु पर्ने भन्नेमा आफु प्रतिबद्ध रहेको बताएको भेटमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणककाजी श्रेष्ठले जानकारी दिए । बिभिन्न स्वार्थमा बिभाजीत माओवादीहरु यो मुद्धामा भने एक भएका छन् ।
प्रधानमन्त्रीलाई भेट्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य,महासचिव रामबहादुर थापा , सचिव देव गुरुङ ,नेकपा(माओवादी)का संयोजक मात्रिका यादव , क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणी थापा र नयाँ शक्ति अभियानकी नेतृ हिसीला यमी सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
भेटमा माओवादीहरुले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा इन्धन लगायत व्यापारीक छलफल चीनसँग चलाउन आग्रह गरेका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का