काभ्रेमा बस दुर्घटना तीनको मृत्यु ,१५ जना भन्दा बढी यात्रु घाइते

269 Hits
काठमाडौं , ५ चैत
 bus-final-final
काभ्रेमा बस दुर्घटना हुँदा तीनको  मृत्यु भएको छ। १५ जना भन्दा बढी यात्रु घाइते भएका छन्।
दोलखाको मेलुङबाट काठमाडौंका लागि छुटेको बा ३ ख ७९३८ नम्बरको बस  काभ्रेको पाँचखाल–४ केराघारीस्थित सैत्तिस किलोमा दुर्घटना हुँदा दोलखा डाँडाखर्ककी सुष्मा विक मृत्यु भएको काभ्रे प्रहरी प्रमुख एसपी राजेन्द्रनाथ बास्तोलाले जानकारी दिए। बस सडकभन्दा झन्डै १० मिटर तल खसेको छ।
मृतक एकजनाको भने पहिचान खुल्न सकेको छैन। मृतक बसका सहचालक रहेको बताइएको छ। बसले बा ३९ प ८६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि पल्टिएको थियो।
bus-2
दुर्घटनामा घाइते भएकाहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का