सबै माओवादीका शिर्ष नेताहरु आज प्रधानमन्त्रीलाई भेट्दै

202 Hits

काठमाडौं , ५ चैत ।
आआफ्ना स्वार्थका कारण विभाजीत भएका माओवादीहरु आज संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्दैछन् । अपरान्ह साढे ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने भेटमा माओवादी शिर्ष नेतृत्वले द्धन्द्धकालीन मुद्धाहरु सत्यनिरुपण आयोग मार्फत टुंग्याउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने  छ । द्धन्द्धकालका मुद्धाहरु एक एक गरि व्यूँताउदै सर्बोच्च अदालतले नै कारबाहीका लागी आदेश दिन थालेपछि सबै माओवादीहरु यो मुद्धामा  एक भएका हुन् ।प्रधानमन्त्रीलाई भेट्न एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरण लगायतका शिर्ष नेताहरु प्रधानमन्त्री कार्यालय पुग्ने  माओवादीले जनाएको छ ।

Loading...

Related News

1 Comment for “सबै माओवादीका शिर्ष नेताहरु आज प्रधानमन्त्रीलाई भेट्दै”

  1. anjita khanal

    जब राति ……………………..ताती जे गर्नु पर्ने डिला भयो नि कामरे

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का