मधेसका समस्या समाधानमा लाग्न राजनीतिक दल र सरकारलाई पूर्वराष्ट्रपति यादवको सुझाव

132 Hits
काठमाडौं ५ ,चैत ।
Rambaran

पूर्वराष्ट्रपति डा रामवरण यादवले मधेसका समस्या समाधानमा लाग्न राजनीतिक दल र सरकारलाई सुझाव दिएका छन्  ।

शुक्रबार बिहान विराटनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा यादवले लोकतन्त्रमा विश्वास गर्नेहरुले मधेसका समस्या समाधनमा ध्यान दिनुपर्ने बताए । “लोकतान्त्रिक विधिबाट बनेको सरकार संयम भएर अघि बढ्नुपर्छ,” गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादव ले भने , “आन्दोलनकारी पनि लोकतान्त्रिक विधिबाट चलन सक्नुपर्छ ।”

उनले आन्दोलनका नाममा मधेसलाई अलग बनाउने सपना नदेख्न आग्रह पनि गरेका छन्  । यादवले सदियौँदेखि कामय रहेको मधेस र पहाडबीचको सुमधुर सम्बन्ध कायम राख्दै सिङ्गो नेपाललाई एक ढिक्का बनाएर लैजाने विषयमा ध्यान दिनुको विकल्प नभएको बताएका छन्  ।

लामो समयको मधेस आन्दोलनका कारण मुलुकको अर्थतन्त्र जर्जर बनेको भन्दै उहाँले चिन्ता व्यक्त गरे। यादवले मुलुकलाई समृद्ध बनाउने दिशामा केन्द्रित हुन पनि सबैलाई आह्वान समेत गरेका छन्  ।

प्रजातन्त्रमा विश्वास गर्नेहरुले संविधान कार्यान्वयनलाई विशेष ध्यान दिए मुलुकमा राजनीतिक स्थिरता कायम हुने उनको भनाइ छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का